मखन गल्लीका लागेको आगो नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको मखन गल्लीमा रहेका दुई घरमा आज बिहान लागेको आगो नियन्त्रणमा आएको छ। आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ भने लाखौँको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। 

काठमाडौँ महानगर पालिका वडा नम्बर-२४ मखन गल्लि सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको चारतले माटो र काठले बनेको कच्ची घरबाट बुधबार बिहान पौने सात बजेदेखि सुरु भएको आगलागी केहीबेर अघिबाट नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए। 

आगलागी भएको घरमा एक वृद्धा महिलाको शव फेला परेको छ। उक्त शव परीक्षणका लागि वीर अस्पताल लगिएको र सनाखत हुन बाँकी रहेको डीएसपी चन्दले बताए। 

दयाराम श्रेष्ठको चारतले घरमा ग्यास लिक भएर सुरु भएको आगलागी नजिकैको रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमासमेत आगो सल्किएको हो।

६ वटा बारुणयन्त्रसँगै नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको सक्रियतामा आगलागी नियन्त्रणमा आएको हो। 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर