• २०८२ जेठ १ बुधबार
  • Wednesday, 14 May, 2025

मखन गल्ली अगलागीमा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको मखन गल्लीमा भएको आगलागीमा परि एक जनाको मृत्यु भएको छ । 

आगलागीमा परी एक जनाको मृत्यु भएको काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहराले जानकारी दिए। तर मृतककाे सनाखत हुन सकेकाे छैन ।

झण्डै २ घण्टालामाे प्रयासपछि आगलागी नियन्त्रणमा आएको छ।

बुधबार बिहान ६:४५ बजे काठमाडौं महानगरपालिका-२४ स्थित मखन गल्लीको दुई घरमा लागेको हाे।‍ आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटिएका थिए।

‍त्यस्तै जुद्धवारूणको दुइटा दमकल, एउटा नेपाली सेनाको, रामहिटी, ललितपुर महानगर र बालाजु औद्योगिक क्षेत्रको गरी ६ वटा दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको हो।   

मखन गल्लीको सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको घरको तेस्रो तल्लाबाट आगलागी सुरू भएको थियो। खाना पकाउने एलपिजी ग्यास लिक भएर लागेको आगो सँगै रहेको रूकेश श्रेष्ठको पाँच तले घरमा पनि सल्किएको थियो। 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर