प्रधानमन्त्री ओलीले बोलाए क्याविनेट बैठक, हाेला गभर्नर नियुक्त ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक राति ८ बजे प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा बस्नेगरी बोलाइएको छ ।
सोमबार सार्वजनिक बिदा भएकाले उक्त दिन मन्त्रिपरिषद्को नियमित बैठक बस्न सकेको थिएन । आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्य नियुक्त गर्ने सम्भावना छ ।
यसअघि समितिका सदस्य विश्व पौडेलले राजीनामा दिएपछि सदस्य पद खाली छ । उनको राजीनामासँगै गभर्नरमा उनकै नाम चर्चामा छ ।
प्रतिकृया दिनुहोस