आज फेरि ३५ सयले घट्यो सुनको मुल्य

काठमाडौं । सुनको मूल्य नेपाली बजारमा एकै दिन ३५०० रुपैयाँले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्ने प्रभावले नेपाली सुनको बजारमा पनि गिरावट आएको हो।
चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको छ, जसले बजारमा आएको गिरावटलाई संकेत गर्दछ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ८१ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँ थियो ।
अघिल्लो दिन प्रतितोला १९६० रुपैयाँ रहेको चाँदी आज १९२५ रुपैयाँ कायम भएको छ ।
प्रतिकृया दिनुहोस