सिद्धान्त र प्राथमिकता: जवाफ दिदै अर्थमन्त्री पौडेल

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि सांसदहरूले राखेका प्रश्नको जवाफ दिने भएका छन्।

बैठक बिहान ११ बजे बस्नेछ। आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सांसदले धारणा राख्ने क्रम शुक्रबार नै सकिने छ ।

सांसदले धारणा राख्ने क्रम सकिएपछि अर्थमन्त्री पौडेलले जवाफ दिने सम्भावित कार्यसूची तय भएको संघीय संसद् सचिवालका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए। प्रतिनिधिसभामा गत वैशाख ३० गतेदेखि यो प्रस्तावमा छलफल भइरहेको छ।

सभामुख देवराज घिमिरेको अध्यक्षता रहने कार्यव्यवस्था परामर्श समितिले दलीय आधारमा छलफलको समयसीमा निर्धारण गरेको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर