माओवादी युवा नेता बस्नेतको कटाक्ष- 'अव मोहन बस्नेत तल र झ्यालखानाको दलिन माथि हुनेछ'

काठमाडौं। नेकपा ( माओवादी केन्द्र)का केन्द्रीय सदस्य बीरेन्द्र बस्नेतले राज्यसत्ताको दुरुपयोग नगरिए अब भष्ट्रचार आरोपी पुर्व मन्त्री मोहनवहादुर बस्नेतको वांकी जीवन तल र झ्यालखानाको दलिन माथि हुने ब्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। निलम्बित सांसद बस्नेतले केही समय अघि सिन्धुपाल्चोकका संसद माधवप्रसाद सापकोटा र सरल सहयात्रीको गर्धन तल र रुख माथि माथि पार्ने अराजक र अशिष्ट भाषण गरेका थिए।
अखिल(क्रान्तिकारी)का पुर्व महासचिव समेत रहेका युवा नेता बस्नेतले भनेका छन् -' अख्तियारले माग गरे बमोजिम १७ वर्षे कैद सजाय भएमा यिनको सिङ्गो वांकी जीवन तल र झ्यालखानाको दलिन माथि हुनेछ।' वस्नेतले यतिवेला मोहन बस्नेतको सांसद पद तल (निलम्वन) र अख्तियारको मुद्धा माथि परेको टिप्पणी गरेका छन्।
आफ्नो सामाजिक सञ्जालमा वस्नेतले यस्तो लेखेका छन्-
' लुई चौंधौंको शैलीमा ' म नै राज्य र सरकार हुं ' भनेर आफुलाई सिन्धुपाल्चोकको 'छोटे राजा' ठान्ने पुर्व मन्त्री टेरामक्स् (मोहन) वहादुर बस्नेतले केही समय अघि सांसद माधव सापकोटा र सरल सहयात्रीको 'गर्धन तल र रुख माथि ' पार्ने सार्वजनिक भाषणवाजी गरेका थिए। यतिवेला यिनको सांसद पद तल (निलम्वन) र अख्तियारको मुद्धा माथि परेछ। अव राज्यसत्ताको दुरुपयोग नगरिएमा "गर्धन छिनाल्ने' यिनको हात हत्कडी सहित तल र कानुनको राज माथि हुनेछ। अनि अख्तियारले माग गरे बमोजिम १७ वर्षे कैद सजाय भएमा यिनको सिङ्गो वांकी जीवन तल र झ्यालखानाको दलिन माथि हुनेछ।'
प्रतिकृया दिनुहोस