• २०८२ जेठ ६ मंगलबार
  • Tuesday, 20 May, 2025

लिग वानको सुखद् अन्त्य गर्याे पीएसजीले, एम्बाप्पेले छोडेसँगै च्याम्पियन्स लिग जित्ने सम्भावना बाँकी

काठमाडौं । धेरैले अनुमान गरेभन्दा विपरित पीएसजीले फ्रान्सेली लिग वानमा मात्रै होईन च्याम्पियन्स लिगमा पनि धमका मच्चाइरहेको छ ।

पिएसजीका स्टार केलियन एम्बाप्पेले क्लब छोडेपछि संकट आउने अनुमान धेरैको थियो । तर लिग कप त उसले उचाल्यो नै च्याम्पियन्स लिगमा कहिल्यै नपाएको सफलता पनि पाइरहेको छ ।

फाइनलमा इटालियन इन्टर मिलानलाई हराउन सके पिएसजीले त्यो उपाधि पनि हत्याउने छ । जुन उसका लागि ऐतिहासिक हुनेछ । 

गत अप्रिलमा नै ६ खेल अगावै उपाधि जितेको पेरिस सेन्ट जर्मेनलले अक्सेरमाथि पुनरागमन जित निकाल्दै लिग वान को अन्त्य गरेको हाे। 

गत अप्रिलमै ६ खेल अगावै उपाधि जितेको पेरिस सेन्ट जर्मेनलले अक्सेरमाथि पुनरागमन जित निकाल्दै लिग वानको अन्त्य गरेको छ। 

शनिबार राति भएको खेलमा अक्सेरलाई ३–१ गोल अन्तरले हराउँदै पीएसजीले सिजनको अन्त्य गरेको हो। 

गत अप्रिल ५ मा एन्जर्सलाई हराउँदै ६ खेल अघि नै पीएसजीले लगातार चौथो पटक लिग १ को उपाधि जितेको थियो। 

खेलको पहिलो हाफमा नै १–० ले पछि परेको पिएसजीले दोस्रो हाफमा पुनरागमन गर्दै जित निकालेको हो। 

दोस्रो हाफमा ८ मिनेटको अन्तरमा पीएसजीले दुई गोल गर्दै सिजनको आफ्नो २६ औँ लिग जित दर्ता गरेको हो। 

खेलको ५९ औँ मिनेटमा ख्विचा क्वारत्स्खेलियाले गोल गर्दै पीएसजीलाई बराबरीमा ल्याए। 

६७ मिनेटमा मार्किन्होसले गोल गर्दै पिएजसीलाई अग्रता दिलाए। खेलको ८८ औँ मिनेटमा ख्विचाले गोल गर्दै पिएजसीको जित पक्का गरे।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर