माैसम पूर्वानुमानः ५ प्रदेशमा चट्याङसहित वर्षा

काठमाडाैं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।
साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको प्रभावले सोमबार बिहान कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ।
पछिल्लो तीन घन्टामा हेटौंडामा ४५ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्त भरतपुरमा ३१.८ मिलिमिटर, रामपुरमा ३१ मिलिमिटर, तनहुँमा २१ मिलिमिटर, धनुषामा २६ मिलिमिटर वर्षा मापन भएको छ।
सोमबार दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।
दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ।
त्यस्तै देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशको तराईका भू-भागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भानवा रहेको महाशाखाले जनाएको छ।
सोमबार राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।
राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ।
साथै देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा राति पनि हल्का वर्षा/ हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रतिकृया दिनुहोस