बैंकहरुले बढाए घरजग्गा क्षेत्रमा लगानी, ‘रियल स्टेट’ बजार फेरि लयम फर्कन थालेको हो ?

काठमाडौं । रियल स्टेट क्षेत्रमा प्रवाह हुने कर्जा दोहोरो अंकमा वृद्धि भएको छ । यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने ऋण लगानी ११ प्रतिशत वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को चैत मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

पछिल्लो समय घरजग्गा खरिद बिक्रीको आँकडा बढ्न थालेको छ । बैंकहरुमा पनि कर्जाको माग बढ्न थालेको देखिन्छ ।

चालु आवको चैत मसान्तसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाले घरजग्गा क्षेत्रमा कुल २ खर्ब ७९ अर्ब ८८ करोड ४३ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जबकि, गत आवको सोही अवधिमा भने २ खर्ब ५२ अर्ब २० करोड ६३ लाख रुपैयाँ मात्रै रियल स्टेट कर्जा प्रवाह गरेका थिए । चालु आवको ९ महिनामा मात्रै यस क्षेत्रमा ११ अर्ब ७५ करोड ५४ लाख रुपैयाँ कर्जा गएका देखिन्छ ।

समिक्षा अवधिमा व्यक्तिगत घर कर्जा, कमर्सियल घरजग्ग तथा ठुलो प्रोपर्टी किनबेचमा पनि लहर चलेको देखिन्छ । कमर्सियल कम्प्लेक्स तथा रेसिडेन्सियल अपार्टमेन्ट निर्माण कजाृ, कमर्सियल जग्गा खरिद तथा प्लटिङ्गमा जाने कर्जामा पनि व्यापाक रुपमा वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार २ करोडसम्मको व्यक्तिगत आवासीय घर कर्जा पनि ५.३ प्रतिशत वृद्धि भएको छ । गत चैत मसान्तसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिग घर घडेरी खरिदका लागि ४ खर्ब ७ अर्ब १३ करोड ६१ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो गत आवको तुलनामा ५.३ प्रतिशत बढी हो । गत आवको सो अवधिसम्ममा भने ३ खर्ब ८६ अर्ब ७५ करोड ३४ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । चालु आवको साउनदेखि चैतसम्ममा भने २० अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकले हाल व्यक्तिगत आवासीय कर्जाको सीमा २ करोड रुपैयाँसम्म पु¥याएको छ । त्यसएपछि घर कर्जाप्रति चासो उल्लेखनीय रूपमा बढेको छ । यसअघि १ करोड ५० लाख रुपैयाँ सीमित कर्जालाई राष्ट्र बैंकले नीति परिवर्तन गर्दै २ करोडसम्म विस्तार गरेको हो ।

पछिल्लो समय ब्याजदर पनि लगातार घट्दै गएको छ, जसको प्रभाव घरजग्गा खरिदमा पनि देखिन थालेको छ । बैंकिङ प्रणालीमा तरलता प्रशस्त भएपछि कर्जाको लागत घटेको छ, यसले ऋण लिन सहज भएको छ । अहिले गत वर्षको तुलनामा अवस्था उल्टो देखिएको छ ।

आर्थिक सुस्तता, उच्च ब्याजदर र महँगीका कारण कर्जा प्रवाह लगभग ठप्प थियो । तर, अहिले नीति लचक हुँदै गएको छ । बैंकहरूले घरजग्गामा कर्जा प्रवाह बढाएका छन् । नीतिगत सहजीकरण, घट्दो ब्याजदर र पर्याप्त तरलताले घरजग्गा खरिदतर्फ आम उपभोक्ताको आकर्षण फेरि बढ्न थालेको संकेत मिलेको छ ।

लामो समयदेखि सुस्त देखिएको घरजग्गा बजार पुनः चलायमान बन्दै गएको संकेत दिएको छ । पछिल्लो समय घरजग्गा कारोबार पनि बढ्न थालेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत बैशाखमा पछिल्लो तीन वर्ष यताकै उच्च कारोबार भएको छ । विभागका अनुसार बैशाखमा ५२ हजार ४२३ वटा घरजग्गा खरिदबिक्री भएका छन् ।

विभागका अनुसार गत चैत महिनामा पनि देशभर ४९ हजार ८३२ वटा घरजग्गा किनबेच भएको छ । यस्तै, फागुनमा ४६ हजार ६१ वटा, माघमा ४६ हजार ६९ वटा, पुसमा ४८ हजार १५६, मंसिरमा ४३ हजार ३७९, कात्तिकमा ३३ हजार ५१४, असोजमा ३० हजार ५२७, भदौमा ३२ हजार ७९८ र साउनमा ४३ हजार ८३५ वटा घरजग्गा किनबेच भएका थिए । मासिक कारोबारको आँकडा पनि निरन्तर उकालो लागेको देखिन्छ ।

आँकडा अनुसार जग्गा खरिद तथा प्लटिङ कर्जा उच्च दरमा वृद्धि भएको देखिन्छ । समिक्षा अवधिमा यस्तो कर्जा १९.८ प्रतिशत बढेर ५९ अर्ब २७ करोड ६६ लाख रुपैयाँ पुगेको छ । जबकि, गत आवको चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले यस्तो शीर्षकमा ४९ अर्ब ४६ करोड ४९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

व्यवसायिक कम्प्लेक्स कर्जा पनि १५.५ प्रतिशत, जग्गा खरिद र प्लटिङ सहितको शीर्षकमा प्रवाह हुने कर्जा पनि १५.२ प्रतिशत वृद्धि भएको छ ।

राष्ट्र बैंकका अनुसार २ करोड सम्मको आवासीय व्यक्तिगत कर्जा कर्जाबाहेकको शीर्षकमा प्रवाह हुने कर्जा पनि ३.८ प्रतिशत वृद्धि भई ७३ अर्ब १२ करोड रुपैयाँ कायम भएको छ ।

यस्तै, व्यावसायिक परिसर र आवासीय अपार्टमेन्ट निर्माण कर्जा पनि ६.९ प्रतिशत बढेर ३४ अर्ब ७३ करोड ३७ लाख रुपैया कायम भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर