इजरायली हमलामा हमासका सैन्य प्रमुख सिनवार मारिए

इजरायली हवाई आक्रमणमा हमासका सैन्य प्रमुख मुहम्मद सिनवार मारिएका छन । गत साता भएका इजरायली हवाई आक्रमणमा हमासका गाजाका डिफ्याक्टो सैन्य कमाण्डर मुहम्मद सिनवार मारिएको बताइएको छ।
आइतबार सार्वजनिक रिपोर्टहरूअनुसार उनको शव खान युनिसको एउटा सुरुङभित्र फेला परेको हो।
मुहम्मद सिनवार, अघिल्लो अक्टोबरमा इजरायली डिफेन्स फोर्स द्वारा मारिएका हमासका गाजास्थित पूर्व नेता याह्या सिनवारका कान्छा भाइ थिए।
परिवारका अन्य सदस्यहरू पनि मारिए
हमासका अर्का वरिष्ठ सदस्य र सिनवारका अर्का दाजु जकारिया सिनवार पनि शनिबार राति इजरायली आक्रमणमा मारिएका हुन्।
उनी मध्य गाजाको नुसेरातमा आफ्ना तीन छोराछोरीसहित बसिरहेको पालमा भएको आक्रमणमा मारिएका थिए। जकारिया सिनवार गाजास्थित इस्लामिक विश्वविद्यालयमा प्राध्यापकका रूपमा कार्यरत थिए।
सुरुङ लक्ष्य बनाइएको थियो
मुहम्मद सिनवारलाई लक्षित गरी मंगलबार गरिएको आक्रमण युरोपियन अस्पतालको तल रहेको भूमिगत कमाण्ड कम्प्लेक्समा केन्द्रित थियो । जहाँ उनी लुकेर बसेको विश्वास गरिएको थियो।
प्रतिकृया दिनुहोस