महिला टी–२० विश्वकपको एसिया छनोट: नेपालले पायो ११५ रनको लक्ष्य

काठमाडौं । महिला टी–२० विश्वकपको एसिया छनोट अन्तर्गत सुपर–३ अन्तर्गत नेपाल र युएई खेलिरहेका छन्।
जसमा युएईले नेपाललाई जितका लागि ११५ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्रै बनाउन सक्यो ।
नेपालका लागि मनिषा कुमारी उपाध्यायले ४ विकेट लिइन् ।
यस्तै कविता कुँवरले २ र राजमती ऐरीले १ विकेट लिइन्। विश्वकपको ग्लोबल छनोटमा पुग्नको लागि आजको खेल नेपालका लागि एकदमै महत्वपूर्ण छ।
यदि नेपालले आजको खेलमा युएईलाई जितेको अवस्थामा ग्लोबल छनोटमा पुग्ने छन्।
प्रतिकृया दिनुहोस