झ्याप्प–झ्याप्प बत्ती जान थालेपछि ऊर्जामन्त्रीविरुद्ध महावीर पुनले ‘ओकले आगो’

काठमाडौं । नेपालका बैज्ञानिक महावीर पुनले ऊर्जा तथा सिंचाईमन्त्री दीपक खड्काविरुद्ध चर्को असन्तुष्टि पुखेका छन्  ।

सामाजिक सञ्जालमा पुनले खड्का विरुद्ध बृहत जनआन्दोलन नै गर्नुपर्ने अवस्था आएको टिप्पणी गरेका छन् । 

मन्त्रीलाई गलत काम गरेपछि प्रधानमन्त्री केपी ओली वा उनको दल नेपाली कांग्रेसले हटाउनु पर्ने तर यी दुवै पक्षले हटाउन नदेखिएको बताएका पुनले अब उनलाई हटाउन आन्दोलन नै विकल्प भएको बताए । 
पुनले फेसबुकमा लेखेका छन्, 'ऊर्जामन्त्री जस्तो दिउँसै रात पार्ने पापीलाई संयुक्त बृहत जनआन्दोलन गरेर नहटाउने हो भने देश डुब्नेछ। त्यस्तो दृष्ट व्यक्तिलाई हटाउने कांग्रेस पार्टीले अथवा प्रधानमन्त्रीले हो। तर उनीहरुले हटाउने छाँटकाँट देखिएन। बृहत जनआन्दोलन अन्तिम उपाय देखियो ।'

सरकारले नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाइ हटाएपछि जनतामा सरकारप्रति तिब्र अनसन्तुष्टि छ । पटक पटक बत्ती जाने र घण्टैसम्म नअाउने भएपछि उनीहरूकाे ताराेमा प्राधिकरणका कार्यकारी हितेन्द्रदेव शाक्य, मन्त्री खड्का, प्रधानमन्त्रीमाथि असन्तुष्टि बढेकाे छ । 

यसैबिच ऊर्जामन्त्री खड्काले विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै दुःख दिने गरेको गुनासो गरेका छन्।

बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा उनले विदेशबाट फोन गरेर बत्ती गयो भन्दै अनावश्यक दुःख दिन थालिएको बताएका हुन्।

'विदेशबाट फोन आउँछ, म फोन उठाउँछु, पटक पटक आएका छन् । अनि हामी कहाँ बत्ती गयो भन्छन्। यसरी भ्रम फैल्याउने काम भएको छ। पटक पटक एउटै नम्बरबाट फोन गर्ने, राति १२ बजे फोन गर्ने, हामी कहाँ लाइन गयो भन्ने,' उनले भने।

उनले नेपालकै विभिन्न ठाउँमा बत्ती गएको भनेर फोन आएपछि बुझ्दा ती ठाउँहरूमा बत्ती नगएको दावी गरे ।  

'अवरुद्ध भएको खण्डमा यस कारण अवरुद्ध भयो भन्ने गरेका छौँ । उत्पादनका कमीले लोडसेडिङ भएको छैन, कम उत्पादन भएको समयमा आयात गरेर भएपनि आवश्यक विद्युत उपलब्ध गराएका छौं,' उनले भने।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर