• २०८२ जेठ ७ बुधबार
  • Wednesday, 21 May, 2025

गृहमन्त्री लेखकको पनि उही पाराः लफडा मच्चाएका एसएसपी डिआइजीमा बढुवा हुँदै

काठमाडौं । समाजमा भएका गलत कामलाइ कानुनकाे नजरमा नियमन र नियन्त्रण गर्ने बर्दीधारी निकाय हाे नेपाल प्रहरी ।

जाे जनतासँग नजिकबाट जाेडिएकाे हुन्छ । बर्दी लगाएका प्रहरी समाजका यस्ता उदाहरणीय हुनुपर्दछ जसलाइ देखेर समाज नै सजग हाेस् । 

तर के हाम्राे प्रहरी प्रशासन त्याे स्तरकाे छ ? वा त्याे स्तरकाे बनाउन प्रहरीका नेतृत्वकर्ता र राजनीतिज्ञले भूमिका खेलेका छन् ? उत्कृष्ठलाइ पुरस्कार र गलत गर्नेलाइ दण्ड दिने अवस्था छ  त ? 

नेपाल सरकार र प्रहरी प्रधान कार्यालयकाे पछिल्लाे डिआइजी बढुवाकाे सूची हेर्दा अवस्था दयनीय छ । बरू गृहप्रशासनकाे बढुवा सूचीमा प्रसस्त प्रश्नहरू प्रहरी संगठन भित्रैबाट उठेका छन् ।

प्रहरी प्रधान कार्यालयले विवादित एसएसपीहरुलाई मंगलबार डिआइजी बढुवा सिफारिस गरेको छ ।

२०५८ सालमा राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा स्थानान्तरण भएका ११ जना बढुवा सिफारिस हुँदा धेरै जसो विवादित एसएसपीहरु परेका छन् ।

ओम राना, सुरेन्द्र गुरुङ, सन्जीवदास शर्मा, दीलीप रेग्मी, दिलिपसिंह देउवा विवादित पात्र हुन् । गुरुङ एसपी हुँदा गोरखामा जुवाडेबाट बरामद गरिएको पैसा नै लुकाएको पुष्टि भएपछि छानबिनका लागी तानिएका थिए ।  दसैं–तिहारमा जुवाडे पक्राउ गरी उनीहरूको पैसा लुकाएको विषय छानबिनबाट पुष्टि भएपछि उनको ठाउँमा शेखर खनाललाई गोरखाको प्रहरी प्रमुखको जिम्मेवारी दिइएको थियो ।

रामेछापमा कार्यरत रहँदा डिएसपी सञ्जिव शर्मा दासले रामेछापकी बालिका सुन्तली तामाङको बलात्कार–हत्या अभियुक्तलाई समेत जोगाएको आरोप लागेको थियो । प्रहरी अनुसन्धानले नै दासले अभियुक्तलाई जोगाएको खुलेपछि तत्कालीन गृहमन्त्री जनार्दन शर्माले उनलाई निलम्बन गरेका थिए । निलम्बनमै रहेका बखत उनलाई एसपीमा बढुवा गर्ने विवादास्पद निर्णय भएको थियो । सुन्तली तामाङको हत्यारालाई कुमोद ढुंगेलको टोलीले भारतबाट पक्राउ गरेर ल्याएको थियो ।

ओमबहादुर राना डिएसपी हुँदा नै विवादमा आएका थिए ।  बौद्ध र रसुवामा कमाण्ड गर्दा उनी धेरै नै विवादमा आएका थिए ।  रक्तचन्दन तस्करलाई सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । त्यो घटनामा सेनाका कर्णेल बर्खास्त हुँदा उनी जागिएका थिए । त्यतिबेला रेग्मीले आफूले आँखा नलगाउने खालको महिला लिएर आउन पनि भनेको सुनिन्छ । महिला भने आफू हुँदाहुँदै अरुलाई आँखा लगाउन नपाइने बताउँछिन् ।

वार्तालापको क्रममा रेग्मीले भेट एक महिनामा एक चोटी हुने तर त्यो भेट कडा हुने बताएका छन् । ‘राम्री भएर तयार हुनु’ उनको चाहनारुपी निर्देशन छ ।

गफै गफमा महिलाले पोखरामा अब एउटा ब्वाइफ्रेन्ड बनाउने कुरो गर्छिन् । रेग्मीले पनि आफूलाई अर्की एउटी गर्लफ्रेन्ड खोजिदिन अनुरोध गरेपछि महिलाले ‘मार्दिन्छु’ भन्छिन् र अरुसङ्ग लागेको  थाहा पाएमा उनकै पेस्तोल थुतेर हान्ने चेतावनी दिन्छिन् । 

इमोसनल गफमा एसएसपीले महिलाको बहिनीलाई नै पट्याइदिने बताएका छन् । रेग्मीले अश्लिल शब्द बोलिरहँदा महिलाले ‘पट्याएको पट्यै’ भनेको सुनिन्छ । 

बिदाई कार्यक्रम सकेर भोलिपल्ट ११ बजे हिँड्ने जानकारी उनले दिएपछि भिडियोमा महिला रुँदै गरेको देखिन्छ । रेग्मी नरुन आग्रह गर्दै भन्छन्, ‘गल्ती तेरै हो । त्यो केही पनि होइन ।’

एसएसपी रेग्मी र एक महिलाबिच भएको विवादित कुराकानीका बाहिर आइसकेको छ । उनलाई नेपाल प्रहरीले यो विषयमा स्पष्टीकरण समेत सोधेको थियो ।

उता एसपी देउवा बारा जिल्लाको प्रमुख हुँदा मदिरा सेवन गरी गाडी ठोक्काएर दुर्घटना गराएको विषयमा प्रहरी प्रधान कार्यालयले स्पष्टीकरण सोधेको थियो ।

एसएसपीहरु सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दिपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, माधव प्रसाद श्रेष्ठ, दिलिपसिंह देउवा, दिपककुमार बस्नेत, ओमबहादुर राना, जयराज सापकोटा, संजीव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङ डीआईजीमा बढुवाका लागि सिफारिस भएका छन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर