पुष्प-धीरेन्द्र स्मृति प्रतिष्ठानकी नेम्वाङ् उत्कृष्ट 'युवा स्कील्स् आइकन'

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा युवालाई श्रमको सम्मान भाव जगाउने उद्देश्यले आयोजना गरिएको सीप उत्सव-२०८२ बाट उत्कृष्ट तीनजना 'स्कील्स् आइकन्स् ' घोषित भएका छन् ।
उत्कृष्ट हुनेमा सूचना प्रविधि (आईटी) तर्फ पुष्प-धिरेन्द्र स्मृति प्रतिष्ठानकी सोनाम नेम्वाङ , अटोमोबाइलतर्फ मनमोहन स्मृति पोलिटेक्निकका प्रशिक्षार्थी चन्द्रदेव यादव, होटल म्यानेजमेन्टतर्फ नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालयका विवश कोइराला रहेका छन्।
औद्योगिक प्रशिक्षार्थी स्किल्स् आइकनका लागि होटल म्यानेजमेन्ट, अटोमोबाइल तथा सूचना प्रविधि (आईटी) क्षेत्रका युवाबीच प्रतिस्पर्धा गराइएको थियो । यसमा कोशी प्रदेशमा प्राविधिक व्यावसायिक शिक्षा र तालिम दिने सात वटा संस्थाबाट छनौट भएका १६ जना प्रतिस्पर्धीमध्येबाट तीन जना प्रशिक्षार्थी उत्कृष्ट भएका हुन् ।
कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयसितको समन्वयमा उद्योग संगठन मोरङ तथा इन्स्योर परियोजनाले संयुक्त रुपमा आयोजना गरेको सीप उत्सवमा श्रम तथा रोजगारीबारे वृत्ति, परामर्श र विभिन्न पेशाकर्मीका सफलताका कथालगायत लाइभ ट्रेनिङ गराइएको थियो।
प्रतिकृया दिनुहोस