डिभोर्स गरेकी पूर्वश्रीमती र दुई छोरीको हत्या

बुटवल । बुटवलको होराइजन चोकस्थित मिलिजुली पथमा एक आमासहित दुई छोरीको वीभत्स हत्या भएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सुरज कार्कीले तीन जनाको हत्या भएको जानकारी दिए।
आमा ३३ वर्षकी दीपा बस्यालसहित छोरीहरू ७ वर्षकी स्नेहा र ४ वर्षकी हिमानीको हत्या गरिएको प्रवक्ता कार्कीले बताए । हत्याको अनुसन्धानका लागि एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुरज कोइराला रहेका छन् ।
डिभोर्स भएर अर्कैसँग बिवाह गरी गएकी पूर्व श्रीमतीलाई पूर्व श्रीमानले आफ्नै घरमा बोलाई आज बिहान अन्दाजी ४ बजेतिर हत्या गरेको प्रहरीको भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ । घटना बुधबार बिहान ४ बजेतिर भएको हो ।
हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसी केही वर्षअघि संविधान दिवसको दिन आम माफी पाएर छुटेका बताइएको छ ।
प्रतिकृया दिनुहोस