• २०८२ असार २५ बुधबार
  • Wednesday, 9 July, 2025

आजको राशिफलः जटिल ठानिएको काम सम्पादन हुनेछ

मेष: भोजभतेरमा सहभागी भइएला। लामो समयदेखि रोकिएका कामको पुनः योजना बन्नेछ। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। प्रेम र दाम्पत्य जीवनमा मधुरता छाउनेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

वृष: स्थान परिवर्तनका विशेष योग देखिन्छन्। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। कुनै कुराले मनमा शान्ति छाउला। सेयर बजारबाट लाभ मिल्नेछ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

मिथुन: प्रेमी-प्रेमिकाबीच खिन्नता बढ्ला। व्यर्थको सास्ती खेप्नु पर्नेछ। अरूको वचन टार्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ। साँझमा वैदेशिक क्षेत्रबाट भने राम्रै सफलता मिल्नेछ। घरमा अतिथिको आगमन हुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

कर्कट: आँटेको काम पूरा हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्ला। शुभारम्भको चर्चा चल्नेछ। विशिष्ट व्यक्‍तिसँगको भेटघाटले मन प्रसन्न रहनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पूर्वको यात्रा गर्ने। अरूको ईर्ष्या नगर्ने।

सिंह: घर-परिवारबाट सहयोग मिल्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्ला। शुभकार्यमा सरिक भइनेछ। लामो यात्रा सुखद र सफल रहनेछ। सांस्कृतिक क्षेत्रमा रूचि बढ्नेछ। सेयर बजारबाट लाभ नै होला।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

कन्या: लामो समयदेखि रोकिएका काम फत्ते हुनेछन्। विपरीत लिङ्गीप्रति आकर्षण बढ्नेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दक्षिणको यात्रा गर्ने। अरूलाई नसताउने।

तुला: बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा परिएला। स्वास्थ्य तथा सुन्दरतामा धन खर्च हुनेछ। राजनीतिक कार्यमा बाधा आउनेछ। आलोचना गर्नेहरूबाट सजग रहनुहोला। अनावश्यक धन खर्च हुने योग छ। शुभ कार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

वृश्चिक: रमाइलो र सुखद यात्राको योग छ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। काम देखाएर अरूको मन लोभ्याउन सकिएला। सेयर बजारको कारोबारबाट राम्रै फाइदा हुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु: कुनै कुराले मनमा शान्ति छाउनेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। जोस, जाँगर र हिम्मत बढ्ला। प्रेमीबाट विशेष सहयोग मिल्नेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

मकर: ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ। प्रेमी, आफन्त र साथीभाइबाट टाढिनु पर्दा मन खिन्न हुनेछ। स्वास्थ्यको ख्याल गर्नुहोला। औषधि उपचार खर्च बढ्न सक्छ। बेलुकी पख भने हौसला र उत्साह मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

कुम्भ: सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। वैदेशिक यात्राको योग छ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

मीन: जटिल ठानिएको काम सम्पादन हुनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्ला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। घरजग्गा खरिद तथा बिक्रीको योग छ। प्रेम जीवन ठिकठिकै चल्नेछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर