राजाकी छाेरी ‘रिजेक्ट’ गरेका स्पेनिस युवा स्टारको चर्चा

एजेन्सी । गाभी आक्रामक फुटबलका लागि अहिले स्पेन मात्र हाेइन विश्वभर चर्चित छन् ।
स्पेनका फुटबल स्टार पाब्लो गाभी हालै व्यक्तिगत जीवनका कारण चर्चामा छन्। २० वर्षीय बार्सिलोना मिडफिल्डरले स्पेनकी राजकुमारी लियोनोरको कथित प्रेम प्रस्ताव अस्वीकार गरेर प्रेमिका आना पेलायोलाई रोजेको हल्लाले मिडिया र सामाजिक सञ्जाल तताएको छ।
सन् २०२२ मा १९ वर्षीया राजकुमारी लियोनोर बार्सिलोनाको समर्थक भएको र गाभीको तस्बिर स्कुल फोल्डरमा राखेको चर्चा चलेको थियो। युरो २०२४ को उत्सवमा जार्जुएला दरबारमा गाभीले लियोनोरका लागि उपहारमा हस्ताक्षर गर्न अस्वीकार गरेको समाचार बाहिर आएको थियो।
सञ्चारमाध्यमले यसलाई प्रेम प्रस्ताव अस्वीकारको रूपमा व्याख्या गरे पनि गाभी वा शाही परिवारबाट पुष्टि भने भएको छैन।
अर्कोतिर गाभी सेभिलकी २२ वर्षीया ‘इन्फ्लुएन्सर’ आना पेलायोसँग देखिएका छन्। गत साता बार्सिलोनाको ला लिगा उत्सवमा उनीहरू हातमा हात राखेर हाँस्दै गरेको भिडियो भाइरल भएको थियो। पेलायो गाभीको परिवारसँग निकट छिन्। तर उनीहरूको सम्बन्धबारे पनि आधिकारिक रूपमा पुष्टि भएको छैन।
सन् २०२३ मा लागेको घुँडाको चोटपछि गाभी अक्टोबर २०२४ मा मैदानमा फर्किएका हुन्।
बार्सिलोनासँग सन् २०३० सम्मको सम्झौतामा केन्द्रित छन्। उता, राजकुमारी लियोनोर शाही कर्ममा व्यस्त छिन्। उनले गाभीप्रति रोमान्टिक रुचि व्यक्त गरेको कुरा पुष्टि भइसकेको छैन।
अहिले चर्चामा आएको कुरा हल्ला मात्र हो वा सत्य, स्पष्ट नभए पनि विश्वभर चर्चाको विषय बनेको छ। एजेन्सी
प्रतिकृया दिनुहोस