वर्षमानलाई पछ्याउँदै स्वदेशी झोलामा बजेट ल्याए पौडेलले

काठमाडौं । विदेशी र महंगा बजेट ब्यागमा बजेट ल्याउने परम्पराले निरन्तरता पाएको छ । गत वर्ष आर्थिक वर्ष २०८०,८१ को बजेट ल्याउँदा तत्कालिन अर्थमन्त्री वर्षमान पुनले स्वदेशमा बनेको ढाकाको झोलामा बजेट ल्याएका थिए । जसको निक्कै चर्चा भएको थियो ।
यसपाली अर्थमन्त्री विष्णु पौडेलले पनि त्यसलाई निरन्तरता दिदै अल्लोकै झोलामा बजेट ल्याएका छन् । उक्त झोला नेपालमै बनेको अल्लोको झोला रहेको सचिवालयले जनाएको छ।
नेपाली उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले त्यसो गरिएको पुनले बताएका थिए ।
पहिले रातो या कालो ब्रिफकेस प्रयोग हुने गरेको थियो । तर पुनले अल्लोबाट बनेको सेतो रंगको ब्रिफकेस उपयोग गरेका थिए ।
नेपालमा बजेटको चलन आएदेखि पश्चिमी शैलीको ‘बजेट ब्रिफकेस’ बोक्ने गरिएको थियो । तर त्यो परम्परा तोड्दै पुनले स्वदेशी सीप र स्थानीय स्रोतसाधनले बनेको अल्लो अल्लोबाट बनेको झोलालाई ब्रिफकेसका रुपमा प्रयोग गरे ।
अर्थमन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीतिअनुसार नै स्थानीय उत्पादनबाट बनेको झोलामा बजेट पुस्तिका राखिएको बताए ।
‘हेर्दा अघिल्लो वर्षको जस्तै देखिए पनि बजारबाट नयाँ किनेर ल्याएको हो । त्यतिबेला र अहिलेकोमा केही फरक छ । तर झोला नेपाली हो । नेपाली उत्पादन प्रवद्र्धन गर्ने प्रचलन जसले गरेको भए पनि निरन्तरता दिनुपर्छ भन्ने हो’, केसीले भने ।
प्रतिकृया दिनुहोस