बजेटः नेपालीलाई विदेशमा लगानी गर्ने बाटाे खुला

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२÷८३ को बजेट आज संघीय संसदको संयुक्त बैठकमा पेश गरेको छ । अर्थमन्त्री विष्णु पौडलले आगामी वर्षका लागि बजेट प्रस्तुत गरेका हुन् । उनले नयाँ बजेट मार्फत नेपालीले विदेशमा लगानी गर्ने बाटाे खाेलिदिएका छन् । जसका लागि कानुनी व्यवस्थासमेत गरिने भएको हो ।
नेपाली व्यवसायी वा कम्पनीलाई बिक्री शाखा र प्रशोधन शाखा खोल्नसमेत दिइनेछ । सरकारले नेपाली उद्यमीले निर्यातबाट प्राप्त गर्ने २५ प्रतिशतसम्म आम्दानी विदेशमा लगानी गर्न खुला गर्ने भएको हो ।
त्यसबाट प्राप्त हुने ५० प्रतिशत आम्दानी भने नेपालमै भित्र्याउनुपर्नेछ । त्यस्तै, विदेशमा लगानीसम्बन्धी कार्य लगानी बोर्ड नेपालबाट हुनेछ ।
पौडेलले सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम बिक्री गरी पीडितहरूलाई वितरण गरिने घोषणा गरेका छन् ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले त्यस्तो घोषणा गरेका हुन् । त्यस्तै, समस्याग्रस्त सहकारीका सञ्चालक र पदाधिकारीहरूको सम्पत्ति र राहदानीसमेत रोक्का राखिने उनले बताए ।
शिक्षा क्षेत्रमा दुई खर्व ११ अर्व बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले शिक्षा क्षेत्रमा सो बजेट विनियोजन गरेको जानकारी दिए।
बजेटमा आफ्नो भविष्य आफैँ निर्माण, आधुनिक र एक विद्यालय पर्ने गरी प्रोत्साह कार्यक्रम सञ्चालन गर्ने, प्रति विद्यालय २५ लाख अनुदान दिने, विद्यालयको पूर्ण नक्सांकन गर्ने, विद्यालय गाभ्ने, शिक्षक दरबन्दी पुनरावलोकन गरिने, शिक्षकलाई तालिम दिने लगायतका विषय समेटिएका छन्।
यसैगरी, विद्यालय शिक्षा सुधार गर्ने, सफल अभ्यासको सिकाई, दुई अर्व ७५ करोड रुपैयाँको छात्रवृत्ती दिने, माध्यमिक शिक्षा परीक्षा प्रदेश तहबाट गर्ने, कक्षा पाँचसम्मको लागि १० अर्व रुपैयाँसम्मको दिवा खाजा दिनेलगायत कार्यक्रमको लागि बजेट छुट्याइएको छ।
प्रतिकृया दिनुहोस