एम्बाप्पेले छोडेपछि पिएसजीले रच्यो इतिहासः जित्यो च्यापियन्स लिग

काठमाडौं । युरोपेली च्याम्पियन्स लिगको उपाधि भिडन्त फाइनल जस्तो पनि भएन भन्दा पनि हुन्छ ।
खेलको सुरुवातदेखि एकपक्षीय देखिएको खेलमा फ्रान्सेली लिग विजेता पिएसजीले इटालियन इन्टर मिलानलाई ५–० गोल अन्तरले हराउँदा पिएसजीको नाममा इतिहास लेखियो ।
संयोग यस्तो भयो कि च्याम्पियन्स लिग जित्नकै लागि भने विगतमा पिएसजीले अरबौं खर्च गरेर खेलाडी भित्रायो ।
जसमा केलियन एम्बाप्पेदेखि नेइमार र एक सिजन मेसीले समेत खेले । तर जव यी स्टार खेलाडीले छोडे, युवा खेलाडीको जिम्मामा क्लब आयो, प्रशिक्षकमा स्पेनिस लुइस एनरिके पुगे अनि जियो पिएसजीले उपाधि । एनरिके उनै प्रशिक्षक हुन् जसले बार्सिलोनामा छँदा पनि च्याम्पियन्स लिग जिताएका थिए ।
च्याम्पियन्स लिग जित्नकै लागि भनेर पिएसजी जोडेका एम्बाप्पेको स्पेनिस रियल मड्रिडले भने यसपाली बेलैमा बाटो बिराएको थियो ।
गएराति सम्पन्न फाइनल खेलमा इटालियन क्लब इन्टर मिलानलाई ५–० गोल अन्तरले परजित गर्दा पीएसजीको जितमा डिजिरे डोउएले २ गोल गरेका थिए भने अचरफ हाकिमी, खभिचा कभारात्सखेलिया र सेन्नी मायुलुले एक एक गोल गरेका थिए।
हाकिमीले १२ औं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाए। डुवेले २० औं मिनेटमा गोल गरेपछि पिएसजीले खेलमा मजबुत नियन्त्रण बनायो।
डुवेले ६३ औं मिनेटमा अर्को गोल थपे । त्यसको १० मिनेटपछि क्वारात्स्खेलिया काउन्टर अट्याकबाट गोल गर्दै टोलीको अग्रतालाई फराकिलो बनाए ।
मायुलुले ८६ औं मिनेटमा टोलीका लागि पाँचौं गोल गरे। उनले मैदान प्रवेश गरेको ३ मिनेटपछि गोल गरेका हुन्। इन्टरले खेलभर खासै आक्रमण गर्न सकेन ।
पिएजसीका अघि मिलान कमजोर देखियो । ४१ प्रतिशत बल पोसेसन राखेको मिलानले खेलअवधिभर जम्मा ७७ प्रहार गर्दा २ प्रहार मात्रै अन टार्गेट हानेको थियो । उता पिएसजीले २२ प्रहार गर्दा ८ अन टार्गेट सट हानेको थियो ।
लुइस एररिकेको पिएसजीले यसपटक अन्तिम १६ मा लिभरपुललाई, क्वाटरफाइनलमा एस्टन भिल्लालाई र सेमिफाइनलमा आर्सनललाई हराउँदै फाइनल यात्रा तय गरेको थियो।
पीएसजी यसअघि २०२० मा फाइनलमा पुगेर जर्मन वार्यन म्यूनिखसँग पराजित भएको थियो।
प्रतिकृया दिनुहोस