कोलम्बसविरुद्ध मायामीको गोलवर्षा

काठमाडौं । सकर लिगमा ओरालो लागेको लियोनल मेसी नेतृत्वको इन्टर मायामी पुरानै फर्ममा फर्किएको छ ।
पछिल्ला खेलहरुमा प्रभावशाली प्रदर्शन गरेको मायामीले आज विहान भएको कोलम्बस क्रुविरुद्धको खेलमा गोल वर्षा गरेको थियो ।
बलियो प्रतिद्धन्दी कोलम्बस विरुद्ध मायामीले ५–१ गोलको जित दर्ता गर्दा कम्तान मेसीको नाममा २ गोल, स्वारेजको नाममा एक, एलेन्डे र फाफा पिकल्टको नाममा एक–एक गोल रह्यो ।
उता कोलम्बसका लागि रुभाल्काभाले खेलको ५८औं मिनेटमा एक सान्त्वना गोल गरेका थिए ।
जितसँगै मायामीले अंक तालिकामा पनि सुधार गरेको छ ।
१६ खेलबाट मायामी २९ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । एक खेल बढि खेलेका फिलाडेल्फिया र सिन्सिनेटी पहिलो र दोस्रो स्थानमा छन् ।
प्रतिकृया दिनुहोस