आजको राशिफल: प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) रमाइलो भेटघाट हुने तथा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । शुभचिन्तक तथा आफन्तको सल्लाह तथा सुझावलाई शिरोधार्य गर्दै अगाडी बढ्न सके गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यापार वा सेयर बजारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न पाइने हुँदा पन प्रसन्न रहनेछ । उपहार तथा भौतिक सम्पत्ति प्राप्तिको योग रहेको छ । यात्रामा भने केही कष्ट हुन सक्छ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आमा, आफन्त तथा सहयोगीबाट भनेजस्तो सहयोग पाइने हुँदा मन प्रसन्न रहनेछ । घर जग्गा तथा सवारी साधन जोड्न सकिनेछ । समाजमा जनताको काम गर्दा पद प्रतिष्ठा कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । जीवन साथीले हर क्षेत्रमा सहयोग गर्ने तथा माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ । छोटो दुरीको यात्रा गर्दा ध्यान दिनुहोला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नयाँ काम गरी मनग्गे धन तथा सम्पत्ति जोड्न सकिनेछ । उद्योग, सेयर बजार तथा व्यापारमा आज गरिने लगानी फस्टाएर जानेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नी बिच एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ । प्रविधिको प्रयोग गरी चाहेको गन्तव्यमा पुग्न सकिनेछ । विवाद तथा हुलमुलका बिच पनि राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) परिवार तथा नजिकका मानिसबाट तपाईँको काममा सहयोग प्राप्त हुनेछ । नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले सफलता हात लाग्नेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। काम देखाएर आम्दानी गर्न सकिनेछ भने श्रमको उचित मूल्याङ्कन हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग रहेको छ । खाद्यान्न, होटेल र रेस्टुरेन्ट, गरगहना तथा मौसमी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पढाइ लेखाइमा सुधार हुनाले अरूभन्दा अगाडी बढ्न सकिनेछ । आफन्त तथा साथीभाइको सहयोगले ठुला तथा उपलब्धिमूलक काम गर्न सकिनेछ । मानव निर्मित तथा भौतिक साधनहरू प्राप्तिको योग रहेको छ । व्यापार, सेयर बजार तथा उद्योगमा लगानी गरी आम्दानीका स्रोतहरू फराकिला पार्न सकिनेछ । धार्मिक तथा मनोरञ्जनात्मक यात्राको तय हुनेछ । सानातिना समस्या देखिए पनि लगनशील भएर लाग्नाले सफलताको शिखर चुम्ने ग्रहयोग रहेको छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) वित्तीय क्षेत्र तथा सेयर बजारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । प्रविधिको प्रयोग गरी अध्ययनलाई निरन्तरता दिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । तर पनि साथीभाइ तथा आफन्तहरुको भेटघाटले नयाँ काम गर्ने अवसर आएपनि फाइदाको लागी अलि बढी मेहनत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउनेछ । यात्रा कष्टकर नहोला भन्न सकिन्न ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । खनिज पदार्थ तथा पानीसँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । शिक्षा तथा बैकसँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । प्रणय सम्बन्धमा नजिक हुने समय रहेको छ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्ययन वा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै तपाईँकै नाम अग्र स्थानमा आउनेछ । व्यापार, शेयर जारबाट कमाउन सकिनेछ भने थप लगानी बढाउने वातावरण बन्नेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ । माया प्रेममा सामीप्यता बढेर जाने तथा पति पत्नी बिच बिस्वास बढेर जानेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नति हुने ग्रह योग रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथीभाइ तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति हुने योग रहेको छ । लामो दुरीको शैक्षिक तथा धार्मिक यात्राको प्रवल सम्भावना रहेको छ । भाग्यले साथ दिने हुँदा थोरै लगानीबाट पनि प्रशस्त रुपैयाँ पैसा कमाउन सकिने तथा आर्थिक रूपमा सबल हुने ग्रहयोग रहेको छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापारमा मनग्गे लाभ हुनेछ भने अकस्मात् आम्दानीमा वृद्धि हुनेछ । अध्ययनमा सुधार भएर जाने योग रहेको छ । स्वास्थ्यमा सामान्य समस्या आए पनि हल गर्दै अगाडी बढ्न सकिनेछ । दिदी बहिनीहरूको सहयोग पाइने हुँदा मन प्रसन्न रहनेछ । चिट्ठा तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ । आम्दानीमा वृद्धि हुने हुँदा दैनिक जीवन सहज रूपमा जिउन सकिनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) चली आएका परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन्। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछ । विशेष समारोहबिच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिलो भएर जानेछन् । छोटो दुरीको धार्मिक यात्रा हुनेछ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) विवाद तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरू स्वतः हल भएर जानेछन् । आर्थिक अवस्था सुदृढ बनाउने चालिने कदमहरू स्वतः स्फूर्त रूपमा सकारात्मक दिशामा अगाडी बढ्नेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने योग रहेको छ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिने तथा जीवन साथीसँग रमाइलो यात्राको प्रशस्त सम्भावना रहेको छ ।
प्रतिकृया दिनुहोस