बालेनका विश्वास पात्र पाण्डेलाई सुनिताका विश्वास पात्र गुरागाईंले गरे निलम्बन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाइ सत्तारूढ दलका नेता कार्यकर्ताले घेरा हाल्ने क्रम राेकिएकाे छैन ।

मेयर बालेनकाे याेजनामा नजिकबाट सघाइरहेका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डेलाइ उपमेयर सुनिता डंगाेलकाे निर्देशनमा ६ महिनाका लागि निलम्बन गरिएकाे छ । 

डंगाेलकै जाेडबलमा मेयर बालेनकाे निर्देशन विपरित हाजिर गराइएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई निलम्बन गरेका हुन् ।

आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । पाण्डेले मेयरकाे निर्देशन पालना गरेकाे जवाफ फर्काएका थिए । स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि निलम्बन गरिएको सुनिता पक्षधरकाे टिप्पणी छ ।

प्रशासकीय अधिकृत गुरागाईले मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलसहितलाई बोधार्थ दिएर महानगर प्रहरी बल ऐन बमोजिम गत चैत २१ गते भएको घटनाको जाँचबुझ नसकिन्जेल बढीमा ६ महिनाको लागि निलम्बन गरिएको जनाएका छन् ।

सो दिन प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाउने पाण्डेले बल प्रयोग गरेका थिए । उपमेयर र वडाध्यक्षहरुसँग समेत उनको भनाभन भएको थियो ।

नेकपा एमालेका नेता कार्यकर्तासमेतले नाराजुलुस र ताेडफाेड गर्दै एमाले समर्थित कर्मचारी गुरागाईंलाइ भित्राएका थिए । मेयर बालेनले भने गुरागाईं भ्रष्टाचारमा मुछिएकाले भ्रष्ट कर्मचारीलाइ हाजिर नगराउन निर्देशन दिएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर