• २०८२ जेठ २३ शुक्रबार
  • Friday, 6 June, 2025

अझै भएन सहमतिः प्रतिनिधि सभा बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं । विपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा माग गरिरहेको र विपक्षले दिएका अन्य विकल्पसमेत सत्ता पक्षले स्विकार नगरेपछि संघीय संसदको प्रतिनिधि सभा बैठक केही दिन यता अवरुद्ध भइरहेको छ ।

आज सवा ३ बजेपछि बस्ने भनिएको बैठक सूचना टाँसेर भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जानकारी दिएको छ । 

संसदमा भिजिट भिसामा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे छानबिन गर्नुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले संसद अवरूद्ध गर्दै आएका छन्। 

बुधबार संसद बैठक अघि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। 

सभामुखको सचिवालयका अनुसार प्रमुख सचेतकहरूले आ-आफ्नो अडान कायमै राख्दा सहमति नजुटेको सभामुखको सचिवालयले जनाएको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर