• २०८२ जेठ २४ शनिबार
  • Saturday, 7 June, 2025

वाईसीएल नयाँ नेतृत्वका लागि भोलि हुने भयो चुनाव, यी हुन् आकाङ्क्षी

काठमाडौं । सहमतिमा नेतृत्व चयन गर्न सफल नभएसँगै नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलमा चुनाव हुने लगभग पक्का भएको छ ।

सहमतिबाट नै नेतृत्व छनोट गर्न बिहानैदेखि युवा, विद्यार्थी सङ्गठन समन्वय संयोजक शक्ति बस्नेत, इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा, वाईसीएल अध्यक्ष सुबोध शेर्पालीले सक्रिय भूमिका खेलेका थिए ।

तर उनीहरूको प्रयास असफल भएपछि सहमतिका लागि नेताहरू दिउँसो पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेका थिए ।

खुमलटारमा बैठकमा समेत सहमति नभएको संयोजक तथा पार्टी उपमहासचिव बस्नेतले जानकारी दिए ।

आइतबारबाट सुरु भएको वाईसीएलको तेस्रो सम्मेलनमा अध्यक्षका आकांक्षी १३ जना छन् ।

उपाध्यक्ष केहरसिंह कुँवर, उपमहासचिव पुष्प ओली, सचिवहरू नवराज ऐर, गणेश शाही, कर्म पुलामी, माधव बस्नेत, प्रेम श्रेष्ठ, ठाकुर सौरागलगायत अध्यक्षको आकांक्षी छन् ।

यी मध्ये कुँवर, ओली, ऐर, शाही र पुलामी अध्यक्षको बलियो दाबेदार रहेको संगठनका नेताहरू बताउँछन् ।

महासचिवका लागि शोभराम भण्डारी, सन्तोष पनेरु, धनकुमार मैनाली, मुकेश थापा, हरि ढकाल, विपिन आचार्य लगायत आकाङ्क्षी छन् ।

पदाधिकारीमा ९९ जनाले आकांक्षा देखाएका छन् ।  अध्यक्ष पदका लागि आकाङ्क्षी धेरै भएकाले नेतृत्व छनोट गर्न हम्मे हम्मे भएको बताइएकाे छ ।

प्रज्ञा भवन कमलादीमा जेठ १८ गतेदेखि सुरु भएको तेस्रो राष्ट्रिय सम्मेलनबाट मंगलबार राजनीतिक र साङ्गठनिक प्रतिवेदन पारित भएको थियो । 

यी हुन् अध्यक्षका दाबेदारः
१. नवराज ऐर,२. ठाकुर सौराग, ३. डम्बर पुलामी, ४. डीपी थपलिया, ५. शंकर पौडेल,६. गणेश शाही, ७. शैलेश शर्मा, ८. अविलाश लामा, ९. सुदिप नगरकोटी, १०. माधव बस्नेत 
११. प्रेम श्रेष्ठ

वरिष्ठ उपाध्यक्षका दाबेदार:
१. अनु कुँवर, २. मिमसरा वम, ३. शर्मिला तामाङ, ४. अर्जुन साउद, ५. नवीन खड्का 
६. खगेन्द्र सुवेदी , ७. अरुण क्षेत्री, ८. मनिषा चदरा, ९. अखिल शाही, १०. सुनील सुनार 
११. मोहित विक, १२. रीतमान पुन 

महासचिवका दाबेदार: 
१. हरि ढकाल, २. विपिन आयार्च, २. शिव बोगटी , ३. मुकेश थापा, ४.शोभाराम भण्डारी 
५. धन कुमार मैनाली, ६. कुमार आचार्य, ७. सन्तोष पनेरू

उपमहासचिवका दाबेदार:
१. सीता नेपाली, २. अनन्तप्रकाश श्रेष्ठ, ३. साजन अधिकारी

सचिवका दाबेदार:
१.प्रेम चापागाईं, २.ईश्वर बस्याल, ३.हिक्मत आचार्य, ४.वर्षा मगर, ५.चिजा तामाङ, ६.दीपक आले, ७.चक्रप्रसाद राई, ८. सावित्री केसी, ९. रुकु पाख्रिन

कोषाध्यक्षका उम्मेदवार:
१. राजीव गिरी, २. नरबहादुर विष्ट 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर