• २०८२ जेठ २४ शनिबार
  • Saturday, 7 June, 2025

नहुने भयो वाईसीएलमा चुनाव, अध्यक्ष र महासचिव प्रचण्डले टुंगाे लगाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलमा चुनाव नहुने भएको छ । आज विहान बसेको पदाधिकारी बैठकले वाईसीएलमा चुनाव नगर्ने सहमतिको अधिक्तम प्रयास गर्ने निर्णय गरेको हो । 

एक पदाधिकारीले समाचार दैनिकलाई दिएको जानकारी अनुसार सहमतिका लागि युवा तथा विद्यार्थी संयोजक, उपमहासचिव शक्तिबहादुर बस्नेत र वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटालाई निर्देशन दिइएको छ । सकेसम्म सहमति गर्ने नभए अध्यक्ष र महासचिवका लागि नाम पार्टीमा सिफारिस गर्ने र पार्टी अध्यक्ष प्रचण्डले नामको टुंगो लगाउने सचिवालय सदस्यले बताए ।  

जेठ १८ गतेबाट प्रज्ञाभवन कमलादीमा सुरु भएको थियाे । सम्मेलनबाट राजनीतिक तथा संगठन मंगलबार नै पारित भइसकेको छ । तर तीन दिनमा सक्ने भनिएकाे सम्मेलनले नयाँ नेतृत्व चयन गर्न सकेकाे छैन ।

महत्त्वपूर्ण सहायक संगठन भएकाले सहमतिबाट नै अध्यक्ष छनोट गर्न पार्टीले जोड दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

पार्टीको निर्णय अनुसार अहिले इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा, निवर्तमान अध्यक्ष सुबोध शेर्पालीले गृहकार्य गरिरहेका छन् ।  

अध्यक्ष पदमा पुष्प ओली, केहयसिंह कुँवर, नवराज ऐर र गणेश शाहीले दाबी गरेका छन् । 

महासचिवका लागि शोभराम भण्डारी, सन्तोष पनेरु, धनकुमार मैनाली, मुकेश थापा, हरि ढकाल, विपिन आचार्य लगायत आकाङ्क्षी छन् । 

पदाधिकारीमा ९९ जनाले आकांक्षा देखाएका छन् ।  अध्यक्ष पदका लागि आकाङ्क्षी धेरै भएकाले नेतृत्व छनोट गर्न हम्मे हम्मे भएको बताइएकाे छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर