मेरो राजनीति समाप्त पार्ने ओलीको नियत नै हो– माधवकुमार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अख्तियारले आफ्ना विरुद्ध मुद्दा हाल्नुमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीको हात रहेको बताएका छन् ।
आज रौतहटमा पत्रकारसँग कुरा गर्दै नेपालले भने, 'कसले के लुपहोल राखे होलान्, मलाई त्यसबारे जानकारी भएन । पतञ्जलिजस्तो संस्थामा त्यस्तो होला भन्ने मैले कल्पना पनि गरेको थिएन ।'
आफूले कुनै अनुचित काम नगरेको र त्यस्तो कामलाई प्रोत्साहन पनि नगरेको उनले जिकिर गरे ।
पतञ्जलि जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको विषयमा पत्रकारले राखेको जिज्ञासामा उनले भने, 'अहिलेसम्म के भयो मलाई जानकारीमा छैन । कानुन व्यवसायीसँग परामर्श गर्नुपर्छ ।'
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बिहीबार अध्यक्ष नेपालविरुद्ध पतञ्जिलीको जग्गा प्रकरणमा उच्च अदालतमा मुद्दा दायर गरेको छ । तर यसको पछि उनै अध्यक्ष ओलीको हात रहेको नेता नेपालले आरोप लगाए ।
‘मेरो नियत भ्रष्टाचार गर्ने होइन, म बाट भ्रष्टाचारका लागि आदेश दिने काम भएको छैन’, अध्यक्ष नेपालले भने, ‘मेरो राजनीतिक क्यारियर समाप्त पार्ने केपी ओलीको नियत नै हो । पहिला पनि उहाँले पटकपटक यस्तै कोशिस गर्नुभएको हो । उहाँ बदलाको भावनाबाट चलिरहनुभएको छ ।’
के गर्ने भन्ने विषयमा कानुनी सल्लाहाकारहरूसँग परामर्श गर्न बाँकी रहेकाे बताएका उनले पतञ्जली जस्ताे संस्थालाइ जग्गा दिदा यस्ताे हुन्छ भन्ने अनुमान नगरेकाे र यसमा गलत नियत नरहेकाे तर निर्णय गर्दा लुप हाेल्सहरू छुटेर कसैले फाइदा लिन लागेकाे बारे अध्ययन गर्ने उनले बताए ।
प्रतिकृया दिनुहोस