माधवकुमार नेपालको भ्रष्टाचार मुद्दाबारे के भने प्रचण्डले ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भ्रष्टाचार मुद्दाबारे आश्चार्यमा परेको बताएका छन् । यसमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको भूमिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत भूमिका चित्तबुझ्दो नभएको उनले बताए ।
यसबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच फोन संवाद भएको बताए । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध मुद्दा दायर भएलगत्तै देउवाले प्रचण्डलाई टेलिफोन गर्दै यसबारे चासो राखेको प्रचण्डले नै बताए।
'देउवाजीले हिजो फोन गर्नुभएको थियो। माधव नेपालमाथि जुन मुद्दा दर्ता भयो। त्यो विषयमा के भएको हो भनेर सोध्दै हुनुहुन्थ्यो। के भएको हो भनेर?,'कुराकानीबारे उनले भने, 'शेरबहादुरजीले मलाई सोध्ने भनेपछि म आफैँ आश्चर्यमा परेँ।’
देउवाले के भएको हो भनेर सोधेपछि आफूले तपाईंलाई नै थाहा हुनुपर्ने हो नि भनेर जवाफ दिएको र ठट्टा चलेको पनि प्रचण्डले सुनाए।
उनले भने, 'मैले चाहिँ तपाईंलाई पो थाहा हुनुपर्छ भनेँ। उहाँलाई पनि थाहा नभएको बुझेँ मैले। देउवासँग सल्लाहमा मुद्दा दर्ता भएको होइन रहेछ भन्ने मैले बुझेँ।’
पतञ्जली योगपीठ तथा आयर्वेद कम्पनीले हदबन्दी छुटमा पाएको जग्गा अपचलन प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालविरूद्ध पनि भ्रष्टाचार अभियोगमा मुद्दा चलाएको हो।
यस प्रकरणमा देखिएका ४ वटा कसुरजन्य कार्यमध्ये नेपालको संलग्नता एउटा कसुरमा देखिएको अख्तियारले जनाएको छ। र, १८ करोड ५८ लाख ५० हजार रूपैयाँ उनका नाममा बिगो कायम गरिएको छ।
अख्तियारले यसअघि अध्यक्ष नेपाललाइ मुद्दा नलाग्ने बताएकाे तर अहिले मुद्दा लगाएकाेमा पनि उचनले शंका व्यक्त गरे ।
प्रतिकृया दिनुहोस