• २०८२ जेठ २५ आइतबार
  • Sunday, 8 June, 2025

ओली विराटनगर, देउवा भेट्न बुढानिलकण्ठ पुगे प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी ओली पुर्वि नेपालको मोरङ पुगेका बेला यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । 

भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधि सभामा पाँच दिनदेखि जारी गतिरोध अन्त्यका लागि सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका शीर्ष नेताबीच छलफल भएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डबीच छलफल भएको हो।

राजनीतिक बृत्तमा सत्ता गठबन्धन फेरबदलकाे समेत चर्चा चलिरहेका बेला याे भेटलाइ विषेश अर्थकासाथ हेरिएकाे छ । 

छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक पनि सहभागी छन्। हिजो दुवै नेताबीच भएको छलफलमा सदनको अवरोध खोल्न समिति बनाएर जाने विषयमा सहमति नजिक पुगेको बताइएको थियो।हिजोको छलफलमा आइतबार १ बजेसम्म सदन स्थगित गरी सहमति खोज्ने समझदारी भएअनुरूप दुवै शीर्ष नेताले आज छलफल गरेका हुन्।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका छन्। तर राजीनामाको विषयमा माओवादी केन्द्र पछि हटेको भए पनि रास्वपा नमान्दा सहमतिमा पुग्न नसकिएको माओवादी केन्द्रको भनाइ छ। नेकपा एमालेले भने छानबिन समिति पनि बन्न नसक्ने अडान यथावत राखेको छ। नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संसदको गतिरोधलाई लिएर भोलि संसद बस्नुअघि एकपक्षीय र दुई पक्षीय छलफल हुने जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर