• २०८२ जेठ २५ आइतबार
  • Sunday, 8 June, 2025

अवरुद्ध संसद खुलाउन प्रमुख सचेतकहरुसँग सम्वाद गर्दै सभामुख

काठमाडौं । सत्ता पक्ष र विपक्षीको अडानका कारण बन्धक बनेको प्रतिनिधि सभा बैठक संचालन गराउने विकल्प खोज्न सभामुख देवराज घिमिरेले परामर्श बैठक आयोजना गरेका छन् ।

संसद संचालनका लागि निर्णायक मानिएका दलहरु कांग्रेस, एमाले र माओवादी केन्द्रका प्रमुख सचेतकहरुसँग सभामुख घिमिरेले परामर्श गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ । 

घिमिरेले पौने १२ बजेदेखि सिंहदरबारमा तीन वटा प्रमुख दलसँग छलफल गर्न लागेको हो। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेको हो।

नेपाली कांग्रेसको प्रमुख सचेतकमा श्याम घिमिरे, एमालेका महेश बर्तौला र माओवादीका हितराज पाण्डेसँग छलफल हुन लागेको सचिवालयले जनाएको छ।

भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले संसद अवरोध गर्दै आएका छन्। गृहमन्त्री रमेश लेखकको विपक्षी दलहरूले राजीनामा माग गर्दै आएका छन्।

गृहमन्त्रीकाे राजीनामा वा पछिल्ला सबै गृहमन्त्रीमाथि छानविनकाे अडानमा विपक्षी छ भने यी दुवै विकल्पलाइ सत्ता पक्षले अस्वीकार गर्दै आएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर