• २०८२ जेठ २६ सोमबार
  • Monday, 9 June, 2025

आफ्नो पहिलो निर्णय नै कार्यान्वयन नभएपछि ओली पुगे त्रिवि मैदान 

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले यो कार्यकालमा पदभार ग्रहण गर्दै गर्दा गरेको पहिलो निर्णय थियो त्रिवि  क्रिमेट मैदानमा फ्लडलाईट र प्याराफिट बनाउने । अघिल्लो सरकारले गरेको निर्णयलाई क्यारि गरेकै भएपनि उनले त्यो निर्णय गर्दै पदभार ग्रहण गरेका थिए । तर अवस्था यस्तो आयो उनको पहिलो निर्णय नै बेलैमा कार्यान्वयन भएन ।

गत वैशाख २४ सम्म काम सक्ने समय तोकिएकोमा अहिलेसम्म पनि पूरा भएको छैन। त्यही पूरा नभएको क्रिकेट मैदान निरिक्षणका लागि आज ओली त्रिवि मैदान पुगेका थिए । 

नेपाल क्रिकेट संघ (क्यान) ले गरिरहेको काम हेर्न ओली आइतबार कीर्तिपुर पुगेका हुन्।

गत फागुनदेखि क्रिकेट मैदानको पारापिट निर्माणको काम चलिरहेको छ। पारापिट निर्माणको ठेक्का बीकेओआई–केसीडीसी–बिजी जेभीले ४३ करोड ७७ लाखमा पाएको छ। 

समयमा काम नसकिएपछि प्रधानमन्त्री ओली काम छिटो गर्न निर्देशन दिएका थिए। ओलीसँगै उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह पनि कीर्तिपुर पुगेका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर