चुटिए नेपाली बलर, स्कटल्याण्डले दियाे विशाल लक्ष

काठमाडौं । घरेलु टोली स्कटल्याण्डलाई पहिलो खेलमा नेपालले रोमान्चक रुपमा हराएको थियो । दोस्रो खेलमा नेपालले बलियो प्रतिस्पर्धी नेदरल्याण्डसलाई हरायो । तर आज भएको तेस्रो खेलमा भने नेपालले जितका लागि स्कटल्याण्डबाट विशाल लक्ष पाएको छ ।
आईसीसी लिग-२ अन्तर्गतको आफ्नो तेस्रो खेलमा पनि नेपालले पहिले फिल्डिङ गरेकाे थियाे । स्कटल्याण्डले टस जितेर ब्याटिङ गर्दै पूरा अेभर खेलेर ३२३ रन बनायाे ।
अब नेपालले जितका लागि जवाफी ब्याटिङ गर्दै ३२४ रन बनाउनु पर्ने छ ।
नेपाली बलरहरू चुटिँदा स्कटल्याण्डका लागि कप्तान रिच ब्रिङटनले ११४ बलमा १सय २ रन हान्दै सेन्चुरी पुरा गरे । अर्का मिचेल लिस्कले ६२ बलमा ९६ रन हानेर सेन्चुरी नजिक पुगे ।
नेपालका लागि करण केसी र दीपेन्द्र सिंहले समान २ तथा ललित राजबंशीले एक विकेट लिए ।
यसअघिका दुवै खेलमा पनि नेपालले पहिले फिल्डिङ नै गरेको थियो। पहिलो खेलमा स्कटल्याण्डले दिएको कीर्तिमानी २९७ रनको लक्ष्य नेपालले पूरा गरेको थियो।
त्यस्तै नेपालले आफ्नो दोस्रो खेलमा नेदरल्याण्डस्ले दिएको २२६ को लक्ष्य नेपालले पूरा गरेको थियो।
नेपालले स्कटलेयाण्डविरुद्धको दोस्रो खेलमा नेदल्याण्डस्विरुद्ध उत्रिएकै टोलीलाई निरन्तरता दिएको छ। पहिलो खेलमा ललित राजवंशीको स्थानमा रिजन ढकाललाई खेलाए पनि आज ललित नै टिममा छन्।
प्रतिकृया दिनुहोस