‘विद्यार्थीसँग अखिल क्रान्तिकारी’ तीन महिने अभियान चलाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले तीन महिने अभियान चलाउने भएको छ ।
क्रान्तिकारीले विद्यार्थीसँग अखिल क्रान्तिकारी नारा दिएर अभियान चलाउन लागेको प्रचार विभाग प्रमुख तथा प्रवक्ता मदन ढकालले जानकारी दिए ।
अभियान जेठ २५ गतेदेखि भदौ २५ गतेसम्म संचालन गर्ने क्रान्तिकारीको तयारी छ ।
अभियानका क्रममा क्रान्तिकारीले हरेक शैक्षिक संस्थामा क्रान्तिकारीको संगठन निर्माण गर्ने, हरेक संगठनमा प्रशिक्षण कार्यक्रम चलाउने, ती संगठनहरुलाई जनपरिचालन गर्ने, हाम्रो विद्यालय राम्रो विद्यालय बनाउन लागिपर्ने, र यो तीन महिने अभियानमा नयाँ पुरानागरि ५ लाख सदस्यता बनाउने क्रान्तिकारीको तयारी रहेको प्रवक्ता ढकालले बताए ।
क्रान्तिकारीले सामाजिक अभियानको पनि अग्रणी मोर्चा भएको हुनाले सामाजिक मुद्दाहरु पनि संगसँगै अघि बढाउने तयारी गरेको छ ।
प्रवक्ता ढकालका अनुसार सामाजिक मुद्दाहरुमा क्रान्तिकारीले आन्दोलनका कार्यक्रमहरु पनि संचालन गर्ने छ । शिक्षालाई मौलिक हकका रुपमा कार्यान्वयन गराउन लाग्ने, विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेविरुद्ध संघर्ष गर्ने, संघ, प्रदेश र स्थानीय तहमा पनि शैक्षिक आन्दोलन चलाउने हालैकाे बैठकले निर्णय गरेकाे उनले बताए ।
प्रतिकृया दिनुहोस