• २०८२ जेठ २६ सोमबार
  • Monday, 9 June, 2025

दुर्गा प्रसाईं छुटाउन डा. भिमार्जुनसहित यी ६ वकिलले गरे बहस

काठमाडाैं । राजनीतिक तथा सामाजिक मुद्दामा खराे तर्क गर्ने कानुन व्यवसायी वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्यसहित ६ जना कानुन व्यवसायीले बहस गरेका  छन् । उनीहरूले दुर्गा प्रसाईँलाई थुनाबाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेका हुन्। काठमाडौँको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका जनकमाण्डर प्रसाईँलाई थुनाबाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्नु पर्ने डा. आचार्यसहितका कानुन व्यवसायी माग गरेका हुन्। 

प्रसाईँको तर्फबाट आचार्य, बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारी, टंक दुलाल लगायत ६ जनाले बहस गरेका छन्। तीनकुने घटनामा प्रसाईँको हिसात्मक गतिविधिमा प्रत्येक्ष संलग्नता नरहेको दाबी उनका वकिलले इजलासमा गरेका छन्। 

प्रसाईंलाई राज्यविरुद्धको कसुरसहित कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, संगठीत अपराध र एकीकृत कसुरमा पनि सजाय गर्न माग गर्दै अदालतमा मुद्दा दायर भएको छ। 

एकसाथ ३९ जना प्रतिवादीलाई अदालतमा उपस्थित गराइएकाले बकपत्र गराउनै हप्तौँ लागेको थियो। बकवपत्र सकिएपछि गत बुधबारदेखि जिल्ला न्यायाधीश ध्रुबराज कार्कीको इजलासमा थुनछेक बहस भइरहेको छ। तीन दिन सरकारी वकिलको तर्फबाट बहस भएको थियो। 

त्यसपछि सरकारी वकिलले जवाफी बहस गरेसँगै उनीहरुलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने कि थुनाबाहिर राखेर भन्ने आदेश आउने छ। 

यसअघि तीनकुने घटनापछि भएको भाटभटेनी लुटपाटमा संलग्न रहेको आरोपमा ११ जनाविरुद्ध छुट्टै मुद्दा दायर भएको थियो। उनीहरुलाई भने धरौटीमा रिहा गर्ने आदेश भएको थियो। 

तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर