• २०८२ असार १७ मंगलबार
  • Tuesday, 1 July, 2025

एसियन कप छनोट: नेपालले आज लाओसकाे सामना गर्ने 

काठमाडाैं । अभ्यास खेलमा बलियाे हङकङ विरूद्द बराबरी खेलेर मनाेबल उच्च बनाएकाे नेपाल आज एएफसी एसियन कप २०२७ को छनोट अन्तर्गत लाओसविरुद्ध खेल्दैछ। 

लाओसको न्यु लाओस नेशनल स्टेडियममा हुने खेल साँझ पौने ६ बजे सुरु हुनेछ। छनोटमा नेपाल र लाओस दुवै टोली पहिलो जितको खोजीमा छन्। 

छनोटको समूह एफमा रहेको नेपाल अंकविहीन रुपमा तालिकाको तेस्रो स्थानमा छ। नेपाल रहेको समूहमा लाओससँगै मलेसिया र भियतनाम छन्। 

‘सिंगापुरविरुद्धको खेलपछि प्रमाणित भएको छ, हामी माथिल्लो स्तरमा पनि राम्रो मात्र खेल्न सक्ने होइन, जित नै निकाल्न सक्छौं । अहिलेका टिममा हाम्रो आक्रमण राम्रो छ, यस्तै रक्षापंक्ति मजबुत छ । गोलरक्षण त उत्कृष्ट नै छ,’ उनी भन्छन, ‘हामीले आफ्नो प्रदर्शनमा सुधार कायम राख्नुपर्छ ।’ प्रशिक्षक रसले छनोटमा कुल १३ अंक बटुल्ने योजना बनाएका छन् ।

सिंगापुर र हङकङविरुद्ध लयमा देखिएका कप्तान किरण लिम्बू भन्छन्, ‘हामी कुनै पनि टिमलाई कमजोर मान्ने पक्षमा छैनौं । सबैलाई सम्मान नै गर्छौं । मैले सुनेको छु, लाओस टिममा अहिले धेरै परिवर्तन भएको छ । हामीले पनि उनीहरूको खेलको विश्लेषण गरेका छौं । पक्कै पनि हाम्रो लक्ष्य भनेको जित नै हुनेछ ।’

सुरुवाती पहिलो खेलमा जित निकालेका भियतनाम र मलेसिया समान ३ अंकमा शीर्ष र दोस्रो स्थानमा छन्। जितविहिन नेपाल तेस्रो र लाओस पुछारमा छ। 

छनोटको पहिलो खेलमा नेपाल मलेसियासँग २–० ले पराजित भएको थियो। लाओस पहिलो खेलमा भियतनामसँग ५–० को फराकिलो अन्तरले पराजित भएको थियो। 

होम एण्ड अवेको आधारमा हुने छनोटको तेस्रो खेलमा नेपालले आगामी अक्टोबर ९ मा भियतनामसँग खेल्नेछ। भियतनामसँग नै नेपालले अक्टोबर १४ मा खेल्ने तालिका छ। 

मलेसियासँग नोभेम्बर १८ मा तथा आगामी मार्च ३१ मा लाओसविरुद्ध खेल्नेछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर