ओलीकाे प्यानल प्रस्ताव अस्वीकृत, एमाले अखिलको बन्दसत्रमा नाराबाजी

काठमाडौं । सत्तारुढ नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा सहमति नजुटेपछि निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
बन्द सत्रमा अध्यक्ष मण्डलले सर्वसम्मतिका लागि भन्दै अध्यक्ष भानुभक्त ढकालले अध्यक्षमा डा. सुजन कडरिया, उपाध्यक्ष प्रकाश पौडेल र अन्जना शिवाकोटी साथै महासचिव दीपक धामीको नाम सर्वसम्मतिका लागि प्रस्ताव गरे पनि सहमति नजुटेपछि निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको हो।
अध्यक्ष मण्डलले पार्टी अध्यक्ष केपी ओलीसँग परामर्श गरेर अध्यक्षमा कडरियासहितको प्यानल प्रस्ताव गरेको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सहमतिमै नेतृत्व टुंग्याउन अध्यक्ष मण्डलका सदस्यसहितलाई बालुवाटार बोलाएर निर्देशन दिएका थिए। तर, अध्यक्षका दाबेदार प्रकाश पौडेल, दीपक धामी पक्षले चुनावको माग गर्दै होहल्ला र नाराबाजी गरे।
अध्यक्ष मण्डलले नाम प्रस्ताव गरेपछि असन्तुष्ट विद्यार्थीहरूले नाराबाजीसमेत गरेका छन्। उनीहरूले निर्वाचनमार्फत नेतृत्व चयन हुनुपर्ने बताएका छन्।
अध्यक्षका अर्का आकांक्षी प्रकाश पौडेलले पनि निर्वाचन प्रक्रिया तत्काल थाल्न अध्यक्ष मण्डलको ध्यानाकर्षण गराएका छन्।
कार्यतालिका अनुसार उम्मेदवारको दर्ता फारम ३ देखि ५ बजेसम्म वितरण गर्ने, ४ देखि ६ बजेसम्म दर्ता गर्ने उल्लेख छ। मतदान भोलि बिहान १० बजेदेखि ५ बजेसम्म हुने उल्लेख छ।
प्रतिकृया दिनुहोस