• २०८२ असार ३ मंगलबार
  • Tuesday, 17 June, 2025

एमालेका अर्का सांसदविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेका अर्का एक नेताविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एमालेका मधेस प्रदेशका संसदीय दलका उपनेता दीपेन्द्र कुमार ठाकुर विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हाे।

ठाकुर धनुषा ३(२) बाट निर्वाचित सांसद हुन् ।

ठाकुरसहित १७ जनाविरूद्ध भष्टाचारको मुद्दा दायर भएको छ।

औरही गाउँपालिकाको १५ शय्या अस्पताल भवन निर्माणमा अनियमितताको आरोपमा ठाकुरसहित १७ जनाविरूद्ध अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

६ करोड ७९ लाख १२ हजार ३८३ विगोसहित मुद्दा दायर गरिएको विशेष अदालतको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।

ठाकुर धनुषा क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र २ बाट निर्वाचित सांसद हुन्।

ठाकुरविरूद्ध भष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद पद स्वत: निलम्बनमा परेको छ। 

यसैबीच अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जाजरकोट रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कर्णबहादुर शाहीविरूद्ध भष्टाचार मुद्दा दर्ता गरेको छ।

भेरी नगरपालिका वडा नम्बर १० स्थित रहेको सामुदायिक वनका तत्कालीन अध्यक्ष कर्णविरूद्ध ६ लाख ३६ हजार ४७ रूपैयाँ हिनामिना गरेको भन्दै अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

उनले २०७८ चैत २० गतेका दिन वन उपभोक्ता समूहको नेपाल बैंक लिमिटेड शाखा जाजरकोटबाट ७ लाख रूपैयाँ झिक्न लगाएका थिए। त्यसमध्ये ६३ हजार ९५३  रूपैयाँ कानुनी प्रावधान अनुसार खर्च गरे।

बाँकी रकम अध्यक्ष शाहीले कृषि विकास बैंक लिमिटेडको १४ वटा शाखाबाट नक्कसी भौचर बनाएर खर्च विवरण पेस गरेको देखिएपछि मुद्दा चलाइएको अख्तियारको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर