• २०८२ असार ३ मंगलबार
  • Tuesday, 17 June, 2025

फरार रहेका राजावादी अभियान्ता राणाले सुटुक्क अदालत गएर दिए बयान

काठमाडौं । अदालतबाट जमानी धरौटीमा छुटेका तर बीचमा अदालतले खोज्दा नभेटिएका राजावादी अभियान्ता राप्रपाका सांसद धवल शमशेर राणा आज सुटुक्क अदालत पुगेका छन् । बयानका लागि उनी काठमाडौं जिल्ला अदालत पुगेका हुन् । 

तीनकुने घटनाका अभियुक्त राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवलशमशेर राणाले आज (सोमबार) काठमाडौँ जिल्ला अदालतमा पुगेर बयान दिए। 

२०८१ चैत १५ मा राजावादीले काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक आन्दोलनमा सहभागी राणालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा लागेको छ।

यसअघि प्रहरीले अनुसन्धान पूरा गरेपछि राणालाई उपचारका लागि भनेर हाजिर जमानीमा रिहा गरेको थियो।

यसअघि महामन्त्री धवलशमशेर र उनीसँगै पक्राउ परेका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ‘फरार’ भएको दाबी गरिएपछि राप्रपाले केही दिनमा दुवै अदालतमा उपस्थित हुने बताएको थियो। 

उनीहरू राप्रपाकाे बैठकहरूमा भने उपस्थित हुने गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर