• २०८२ असार १८ बुधबार
  • Wednesday, 2 July, 2025

नेदरल्यान्डसविरुद्ध सन्दीपले लिए ३ विकेट, कसिलो बलिङ

काठमाडौं । स्कटल्याण्डमा जारी टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट शृंखलामा नेपालका बलरहरूले कसिलाे बलिङ गरेका छन् ।

नेदरल्यान्ड्स विरूद्ध नेपालका लागि स्टर बलर सन्दीप लामिछानेले ३ विकेट लिन सफल भए । उनले ४ अेाभर बलिङ गर्दा जम्मा १८ रन खर्चिएर ३ विकेट लिएका हुन् । 

नेपालका लागि नन्दन यादवले २ विकेट लिए । उनले २ अेाभर ५ बल खेल्दै १८ रन खर्चिए । कुशल भर्तेल र ललित राजबंशीले एक एक विकेट लिए ।

नन्दन यादवले बिक्रमजित सिंहलाई ३० रनमा लोकेश बमबाट क्याच आउट गराएका हुन्। १३औं ओभरमा सन्दीप लामिछानेले नोह क्रोएस ३ रनमा नन्दन यावदद्वारा क्याच आउट गराए। ३ ओभरमा उनले मात्र १४ रन दिएर ३ विकेट लिएका छन्।

सातौं ओभरमा बलिङ गर्न आएका सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरमा नै मात्र ३ रन दिएर दुई विकेट लिएका थिए । ओपनर मिचेल लेभिटलाई २० रनमा बोल्ड आउट गराएका उनले क्याप्टेन स्कट एडवार्डट्सलाई एक रनमा रुपेश सिंहबाट क्याच आउट गराए।

विष्फोटक सुरुवात गरेको डच टोलीले १३ ओभरको समाप्तिमा ९३ रन जोड्दा ५ विकेट गुमाएको । चौथो ओभरमा म्याक्स ओडाउटलाई १९ रनमा ललित राजवंशीले करण केसीको हातबाट क्याच आउट गराए। नेपाली टिममा रुपेश सिंह र किरण ठगुन्नाले डेब्यु गरेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर