पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध

बुटवल । गुल्मीस्थित कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ।

सोमबार दिउँसो कालीगण्डकी गाउँपालिका–६ बर्लवामा पहिरो खसेर अवरुद्ध भएको सडक अझै खुल्न सकेकाे छैन। 

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार माथिबाट खसेको ठूलो पहिरोले करिडोर सडक पूर्णरुपमा अवरुद्ध भएको छ। अहिले पनि त्यहाँ पहिरो खसिरहेको छ। 

पहिरो खस्न रोकिएपछि मात्रै सडकको अवरोध हटाउने तयारी भएको सारुले बताए। 

पहिरोमा रोकिएका सवारी साधनलाई पूर्तिघाटबाट वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर