• २०८२ असार ३ मंगलबार
  • Tuesday, 17 June, 2025

कांग्रेसले किन बोलायो आकस्मिक केन्द्रीय समिति ?

काठमाडौँ । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय समितिको बैठक बोलाएको छ।

बैठक बुधबार (भोलि) बिहान साढे ८ बजे पार्टी मुख्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

'बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,' पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

तीन हप्तायता जारी संसद्को अवरोध, बजेटलगायतका विषयमा कुराकानी हुने बताइएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर