तिब्बतमा ठूलो वर्षाः नेपालका यी क्षेत्रमा बाढीको पूर्वसूचना

काठमाडौं । तिब्बत क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको र त्यसले नेपालको भोटेकोसी र सुनकोसी नदीमा बाढीको खतरा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले तल्लो तटका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
बुधबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आगामी असार ७ गतेसम्म सावधानी अपनाउन आग्रह गरेको हो।
चीनको प्रहरी कार्यालयबाट भोटेकोशी नदी बग्ने तिब्बत क्षेत्रमा भारी वर्षा हुने संभावना रहेको सूचना प्राप्त भएकाे अधिकारीहरूले बताएका छन् ।
प्रतिकृया दिनुहोस