उपमेयर पक्षलाई झड्का: राजु पाण्डेले पाए अन्तरिम आदेश

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ।
बिहीबार उच्चका न्यायाधीश द्वय ऋषि राज भण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको पक्षमा आदेश गर्दै पाण्डेको निलम्बन कार्यान्वयन नगर्न आदेश गरेको हो।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई गत जेठ २० गते ६ महिनाका लागि निलम्बन गरेका थिए । उक्त निलम्बनविरुद्ध पाण्डेले मङ्गलबार उच्चमा उत्प्रेषणको रिट दायर गरेका थिए ।
प्रतिकृया दिनुहोस