प्रधानमन्त्री, मन्त्री, संसदका महासचिव र सचिवको विदेश भ्रमणकाे लर्को

काठमाडौँ । व्यवस्थापिका र कार्यपालिकाका नेतृत्व तहमा रहेकाहरू एकै पटक विदेश भ्रमणकाे लर्काे लगाएर निस्कन लागेका छन् ।
संसदमा बजेटमाथि छलफल चलिरहँदा कर्मचारी प्रशासनका प्रमुख महासचिव पद्म पाण्डेय अर्का सचिव डा.राेजनाथ पाण्डेसहित विदेश भ्रमणमा निस्केका छन् ।
नेपालमा पार्लियामेन्टरी बजेट अफिस (पिविओ) स्थापना गर्ने र यसले सरकारको बजेट, आर्थिक नीति, राजस्व र खर्च सम्बन्धी विश्लेषण गरेर संसद् सदस्यहरूलाई सूचनागत रूपमा सशक्त बनाउनका लागि भन्दै अधिवेशनको बेलामा उनीहरू श्रीलङ्का तर्फ गएका छन्। महासचिव पद्मा प्रसाद पाण्डे, सचिव डा. रोजनाथ पाण्डेय सहित अन्य कर्मचारी पाँच जना छन्।
जसमा कानुन तर्फका सहसचिव लक्ष्मीप्रसाद गौतम, संसद् सचिवालयमा कार्यरत लेखा शाखाका प्रमुख लेखा नियन्त्रक भोजराज शर्मा पौडेल, अर्थ समिति सचिवको रूपमा कार्यरत उपसचिव रेखा उपाध्याय खनाल रहेका छन्।
उता कार्यपालिका प्रमुख प्रधानमन्त्री केपी अेालीसहित अन्य ४ मन्त्रिकाे पनि विदेश भ्रमण स्वीकृत गरिएकाे छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणसहित चार जना मन्त्रीको विभिन्न देश भ्रमण स्वीकृत गरेको हो ।
मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार यही असार १३ गतेदेखि १५ गतेसम्म टर्कीमा हुने ग्लोबल टान्सपोर्ट कनेक्टिभिटी फोरम २०२५ मा सहभागी हुन भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई सहभागी हुन स्वीकृति प्रदान गरेको हो । े
त्यसैगरी असार ३ र ४ गते दुबईमा हुने २० औँ एसियाओसनिया रिजन इन्टर गभर्मेन्टल मिनिष्टिरियल मिटिङ एण्टी डोपिङ( एओआरआईएम) कार्यक्रममा सहभागी हुन खेलकुद मन्त्री तेजुलाल चौधरीलाई बैठकले स्वीकृति दिएको छ ।
सोही बैठकले असार २३ देखि २७ गतेसम्म स्वीजरल्यान्डको जेनेभामा सञ्चालन हुने वर्ल्ड समिट अन द इन्फरमेसन सोसाइटीका लागि सञ्चार तथा सूचना मन्त्री पृथ्वी सुब्बा गुरुङको भ्रमण स्वीकृत गरेको छ ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको बैंकक भ्रमण पनि स्वीकृत भएको छ । मन्त्री पौडेल असार ९ देखि १३ सम्म थाइल्याण्डको बैंककमा हुने थर्ड मिनिस्टरियल कन्फरेन्स अन सिभिल रजिष्ट्रेसन एन्ड भाइटल स्टाटिक्स कार्यक्रमका लागि त्यसतर्फ जाँदै छन् ।
यसबाहेक असार ९ र १० गते भारतको पुणेमा आयोजना हुने नेपाल भारत द्विपक्षीय परामर्श समूहको १६ औँ बैठकमा नेपालका तर्फबाट सहभागी हुने प्रतिनिधि मण्डल गठन गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।
यसबाहेक सोमबारकै बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा असार १६ देखि २१ सम्म स्पेन भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको गठन गर्ने निर्णय गरेको छ ।
केही समयअघि सरकारले राज्यलाइ भार पर्नेगरि विदेश भ्रमण नगर्ने बताएकाे थियाे । तर त्यस्ताे प्रतिवद्ता अहिले केवल कागजमा सिमित हुन पुगेकाे छ ।
प्रतिकृया दिनुहोस