• २०८२ असार ६ शुक्रबार
  • Friday, 20 June, 2025

प्रधानमन्त्री ओलीले संसदमा प्रश्नोत्तर गर्न चाहेनन्

काठमाडौं । गृहमन्त्रीमाथि छानविन समिति वार उनको राजीनामा माग गर्दै सदन अवरोधको आन्दोलनमा रहेको रास्वपा र राप्रपाको आन्दोलनका कारण प्रधानमन्त्री केपी ओलीको सांसदसँगको प्रश्नोत्तर रद्द भएको छ । 

संसदको वातावरण उचित ढंगको नभएको भन्दै सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसूचीबाट हटाएको घोषणा गरे । 

बैठकका क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा माअेावादीका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीकाे निर्देशन पछि प्रश्नाेत्तर कार्यसूचीबाट हटाएकाे बताए । 

सरकारले नियमावलीकाे कार्यान्वयन नगरेकाे, संसदमा विद्ममाव अवराेध हटाउन पहल नगरेकाे उनले बताएका थिए ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै बैठकमा अवरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाएको बताएका हुन् । 

बैठक सुरु हुनासाथ उठेर विपक्षी दलले विरोध जनाएपछि सभामुख घिमिरेले विशेष कारण देखाउँदै प्रश्नोत्तर कार्यक्रमम कार्यसूचीबाट हटाएको जानकारी गराए। 

प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाएर सभामुखले बजेटमाथिको छलफल अघि बढाएका छन्।

प्रश्नोत्तरका लागि प्रधानमन्त्री अेाली संसद बैठकमा भने पुगेका थिए । 

 बैठक सुरु भए लगत्तै रास्वपा र राप्रपा सांसदहरु आ–आफ्नो ठाउँबाट उभिएर विरोध जनाएका थिए। सभामुख देवराज घिमिरेले उनीहरुलाई बस्न आग्रह गरे पनि उनीहरुले मानेनन्। त्यसपछि सभामुख देवराज घिमिरेले प्रश्नाेत्तर छाेडेर मन्त्रालयगत बजेटमाथिको छलफल जारी राखे ।

त्यसपछि राप्रपा र रास्वपा सांसदहरु बैठक कक्षबाट बाहिरिएका छन्।

रास्वपा र राप्रपाका सांसदहरूले आज पनि प्रतिनिधिसभाको बैठकमा नाराबाजी गरेका थिए।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर