कर्णालीमा प्रादेशिक युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन सम्पन्न

सुर्खेत । राष्ट्रिय युवा परिषदद्वारा कर्णाली प्रदेशका युवाहरुलाई  उद्यमशीलतातर्फ  अभिप्रेरित गर्ने उदेश्यले राजधानी सुर्खेतमा युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन  आयोजना गरिएको छ। शुक्रवार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले सम्मेलनको उद्घाटन गरेका थिए।

'युवाका लागि अवको निकास : उद्यमशीलता, रोजगारी र सिप विकास ' भन्ने मुल नारा सहित शुरु भएको सम्मेलनमा मुख्यमन्त्री कंडेलले कर्णाली प्रदेशमा कृषि , पर्यटन र उद्यमशीलताको प्रचुर सम्भावना रहेको वताए।कंडेलले विगत लामो समय केन्द्रीय राज्यसत्ताको कोपभाजनमा परेर पछि परेको कर्णालीले विस्तारै समृध्दिको ढोका खोल्ने प्रयास गरिरहेको वताए।

मुख्यमन्त्री कंडेलले भने-' प्रदेश सरकारले आगामी आ.व.को वजेटमा उद्यशीलता र रोजगारी सृजनालाई उच्च प्राथमिकता दिएको  छ।' कंडेलले संघ, प्रदेश र स्थानीय तहले सञ्चालन गरिरहेका युवा लक्षित् कार्यक्रममा सक्रियतापुर्वक जोडिन युवाहरुलाई अपिल गरे।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजिवविक्रम शाहले प्रदेशका युवालाई स्वरोजगार र आत्मनिर्भर वनाउन वजेटमा विशेष योजना ल्याइएको दावी गरे। मन्त्री शाहले युवाहरुलाई देशभित्रै भविष्य देख्न सक्ने वातवरण निर्माण गर्न तिनै तहका सरकार लाग्नुपर्ने वताए।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सिमित स्रोतसाधनका बाबजुद प्रदेश सरकारले सञ्चालन गररहेका युवा केन्द्रित् कार्यक्रमवारे जानकारी दिए। भण्डारीले भने-' कर्णालीका सम्भावनालाई साकार पार्न युवा उद्यमशीलताको माहौल वनाउन जरुरी छ।

कर्णाली प्रदेशका पुर्व आर्थिक मामिला मन्त्री एवम् लेखा समिति सभापति विन्दमान विष्टले कर्णालीको समृध्दिका लागि युवा उद्मशीलता र रोजगार सृजनामा जोड दिए । विष्टले प्रदेशको विशेषता अनुसारको उद्यममैत्री वातवरण निर्माण गर्न सवै दल एकठाउं हुनुपर्ने धारणा राखे।

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले तिनै तहका सरकारवाट सञ्चालित युवा लक्षित् कार्यक्रमको प्रभावकारी र नतिजामुखी कार्यान्वयनमा जोड दिए। वस्नेतले उद्यमशीलता प्रवर्द्धनका  लागि स्टार्टअप, सहुलियत कर्जा, वित्तीय पहुँच अभिबृद्धि लगायतका वहुआयामिक विषयमा छलफल गर्न सम्मेलन आयोजना गरिएको वताए।

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सुर्यनाथ योगीले प्रदेशको विशेषता र आवश्यकताको आधारमा कर्णालीको रणनीतिक विकास योजना वनाइने वताए। बीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले युवा रोजगारी सृजनाका लागि सिपमुलक कार्यक्रममा जोड दिएको वताइन्। कर्णाली प्रदेशका युवा नेता भुपेन्द्रजंग शाहीले युवाका लागि तिनै तहका सरकारले ल्याएका योजना असफल भइरहेको वताए।

सम्मेलनमा पढ्दै-कमाउंदै अभियानका अगुवा नारायण सिग्देल , उद्यमी भद्र भण्डारी लगायत विभिन्न क्षेत्रका सफल उद्यमी तथा अभियन्ताले आ-आफ्ना सङ्घर्ष र सफलताका अनुभव आदानप्रदान गरेका थिए। गण्डकी प्रदेशका विभिन्न जिल्लावाट अनलाइन फर्म मार्फत् छनौट भएका नवदित युवा उद्यमी तथा सहभागीले खुल्ला छलफलमा भाग लिएका थिए। राष्ट्रिय युवा परिषदले यसअघि कोशी प्रदेशको विराटनगर , मधेस प्रदेशको जनकपुर र गण्डकी प्रदेशको पोखरामा प्रदेश स्तरीय युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन आयोजना गरिसकिएको परिषद सदस्य विनोद शाहीले वताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर