प्रचण्डले लम्जुङ भोर्लेटारमा भेटे सहिद परिवार

लम्जुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको अभियान टोली एकाविहानै सहिद परिवारकाे घरमा पुगेकाे छ ।

लम्जुङको भोर्लेटारमा मर्निङ वाक गर्ने क्रममा जनभेटघाट पनि गर्दै हिडेकाे अभियान टाेली जनयुद्धका सहिद राममणी भट्टराईको घरमा पुगेको हाे।

अध्यक्ष प्रचण्डलगायतकाे अभियान टाेलीले सहिद परिवारसँग भेटघाट गर्नुका साथै सहिद राममणी भट्टराईको तस्बिरमा माल्यार्पण गरेका थिए ।

त्यस क्रममा उनीहरूले सहिद परिवारसँग छलफल गरेका थिए ।  

सो अवसरमा अध्यक्ष प्रचण्डले विद्यालयको अवलोकन गर्दै शैक्षिक अवस्था तथा आवश्यकताबारे जानकारी स्थानीयहरूबाट जानकारी पनि लिएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर