जुम्लाको स्याउबारे ज्ञानेन्द्र शाहीले संसदमा बाेले

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले जुम्लाबाट ल्याएको गाडीलाई कतै पनि चेक नगर्न गृहमन्त्रीसँग आग्रह गरेका छन् । 

बुधबार प्रतिनिधि सभाको बैठकमा आफ्ना कुरा राख्दै उनले ठाउँठाउँमा स्याउका  गाडी रोकेर किसानसँग एक सय रुपैयाँ घुस लिने गरेको पाइएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराए ।

उनले भने ‘जुम्लाबाट अफिम होइन, स्याउ आउँछ अनावश्यक चेकजाँच गरेर दुःख नदिइयोस्।’

उनले जुम्लाबाट आउने बाटो चार दिनदेखि बन्द गरेकाले बाटो निर्माणका लागि तगारुकता देखाउन भौतिक पूर्वाधारमन्त्रीसँग अनुरोध गरे । साथै केहि महिना विदेशी स्याउको आयातलाई रोख्न समेत सरकारसँग आग्रह गरे ।

शाहीले  विदेशी स्याउको कारण जुम्लाको स्याउले बजार नपाएको भन्दै जुम्लाको स्याउ खरिद गर्न सांसद र आम सर्वसाधारणलाई आग्रह गरे । जुम्लाको स्याउ अर्गानिक र विषाधीरहित भएकाले जुम्लाको स्याउ खान अनुरोध गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर