• २०८२ असार ७ शनिबार
  • Saturday, 21 June, 2025

काठमाडौं घमाईलोः कस्तो हुन्छ आज देशभरको मौसम ?

काठमाडौं । देशको संघीय राजधानी काठमाडौंको मौसम आज विहानैदेखि खुलेको छ । पानी परेपछि झलमल घाम लागेका कारण घमाइलो देखिएको छ । 

तर पनि देशभर मनसुनी वायुको प्रभाव प्रभाव जारी नै छ ।

जेठ १५ गते नेपाल भित्रिएको मनसुन शुक्रबारदेखि देशभरि फैलिएको थियो। यसपालि मनसुन देशभरि फैलिन २३ दिन लागेको छ।

यसको प्रभावले शनिबार देशभरि आंशिकदेखि साधारणतया बदली रहेको छ भने केही भूभागहरूमा वर्षा भइरहेको छ।

शनिबार दिउँसोकाे माैसम देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।

देशको पहाडी भू-भागको केही स्थानहरूमा तथा बाँकी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।  

त्यस्तै देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

शनिबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ।

राति देशको पहाडी भू-भागको केही स्थानहरूमा तथा बाँकी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा राति भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर