• २०८२ असार ८ आइतबार
  • Sunday, 22 June, 2025

रास्वपाको महामन्त्रीमा बुर्लाकोटी, प्रवक्तामा झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कवीन्द्र बुर्लाकोटी महामन्त्री र मनीष झालाई प्रवक्ता बनाएको छ। 

आज शनिबार बिहान बसेको रास्वपा केन्द्रीय समितिको बैठकले यसअघि कार्यवाहक महामन्त्री रहेका बुर्लाकोटीलाई महामन्त्री र कार्यवाहक प्रवक्ता रहेका झालाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।
यसअघिका महामन्त्री मुकुल ढकालले छाेडेपछि साे पद खाली थियाे भने बुर्लाकाेटी सहमहामन्त्री र कार्यवाहक महामन्त्री भएका थिए। 

बैठकले कार्यवाहक हटाएर बुर्लाकोटीलाई महामन्त्री र आफूलाई प्रवक्ता बनाएको झाले जानकारी दिए। 

शुक्रबार मात्र निर्वाचन आयोगले रास्वपाको महामन्त्री अझै मुकुल ढकाल रहेको अभिलेख सार्वजनिक गरेको थियो। 

त्यसको भोलिपल्ट शनिबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले बुर्लाकोटीलाई कार्यवाहक महामन्त्रीबाट महामन्त्री नै बनाएको हो। 

रवि लामिछानले २०७९ असार ७ गते राष्ट्रिय सभा गृहबाट राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए। तर निर्वाचन आयोगमा दर्ता असार १७ गते मात्र गरिएको थियो। 

हाल सभापति लामिछाने भने सहकारी मुद्दामा रुपन्देही जिल्ला कारागारमा छन्। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर